Sarawal sit lahar Notis

क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मशाल) बीच एकता

0 31

सुनवल ,जेषठ २६
क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल सुनवल नगर समिति र नेपाल कम्युनिस्ट पार्टी (मशाल) सुनवल नगर समिति बीच सुनवल-५ बनकट्टीमा एकता घोषणा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रीय कार्यालय सदस्य एवं ५ नम्बर इन्चार्ज कृष्ण राज पौडेलले पार्टी नीतिलाई आत्मसात गर्दै जनतामा जान नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । त्यसैगरी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले पार्टी अनुशासन र बिधिलाई मानेर अगाडि बढनुपर्ने औल्याउनु भएकाे िथयाे ।
पार्टी केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पान्डेयले जिल्लाको जनसंघर्ष र बर्गसंघर्ष लाई उठान गर्दै प्रतिरोध आन्दोलन उठाउने उद्घघोष गर्नुभयो । कार्यक्रम नगर संयोजक रवि पुनको अध्यक्षता सिर्जनाको संचालन र जेनिशा परियारको स्वागतमा सम्पन्न भएको थियो ।
क्रान्तिकारी पत्रकार सङ्गठनका केन्द्रीय सदस्य सन्जय तिवारी , अखिल नेपाल रास्ट्रिय शिक्षक संगठनका जिल्ला संयोजक बोल्गा नेपाल लगायतकाे सहभािगता रहेकाे थियो ।
एकता घोषणा कार्यक्रममा दिइएको जानकारी अनुसार एकता अधिबेशनले रवि पुनको संयोजकत्वमा १७ सदस्यीय नगर सङ्गठन समिती निर्वाचित गरेको छ । जस अन्तर्गत ३ सदस्यीय नगर कार्यालय समेत गठन गरेको सो पार्टीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.