Sarawal sit lahar Notis

हाम्रो सुपरद्धारा स्वास्थ्य शिविर सञ्चालन

0 21

आरती राना
बर्दघाट,जेष्ठ–१७

बर्दघाट नगरपालिका वडा नं. २ चिसापानीमा रहेको हाम्रो सुपर वचत तथा ऋण सहकारी संस्थाले बिहिवार देखि स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

बर्दघाट–२, आम्वासमा सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सर पूर्व परिक्षण स्वास्थ्य शिविरको समुद्घाटन कार्यक्रम जिल्ला समन्वय समितिका सदस्य धनिराम चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो ।
हाम्रो सुपरका अध्यक्ष खेमराज सुवेदीको अध्यक्षतामाभएको कार्यक्रममा वडाध्यक्ष गणेश बहादुर क्षेत्री,बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनाल ,बिष्णु बराल लगाएतको उपस्थिती रहेको थियो ।

हाम्रो सुपर साकोसको आयोजना,बर्दघाट नगरपालिका वडा नं. २ को आर्थिक सहयोग र बर्दघाट नगर स्वास्थ्य शाखाको समन्वयमा भएको उक्त स्वास्थ्य शिविरमा चिसापानी अस्पतालका मेडिकल सुपरिडेन्डेन तथा महिला रोग विषेशज्ञ डा.मञ्जीला घिमिरेको टोलीले सेवाग्राहीहरुलाई सेवा प्रदान गरीरहनु भएको छ।

बिहिवार र शुक्रवार गरी दुई दिन सम्म सञ्चालन हुने उक्त शिविरमा बिहिवार ५६ जनाले सेवा लिएको हाम्रो सुपर साकोसका अध्यक्ष खेमराज सुवेदीले बताउनु भएको छ ।
जेष्ठ १७ गते देखि शुरु भएको उक्त शिविर १८ गते अर्थात आज सम्म सञ्चालन हुने संस्थाका ब्यवस्थापक बिष्णु बहादुर वस्नेतले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.