Sarawal sit lahar Notis

गर्मीका कारण नवलपरासीमा विद्यालय बन्द

0 29

जेठ १७
पश्चिम नवलपरासीमा अत्यधिक गर्मीका कारण विद्यालयहरू बिदा गरिएको छ । प्रतापपुर गाउँपालिका, बर्दघाट नगरपालिका, रामग्राम नगरपालिका र सरावल गाउँपालिकामा गर्मीका कारण विद्यालय बन्द गरिएको हो ।

पछिल्लो समयमा बढ्दै गएको गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेका कारण विद्यालय बन्द गरिएको पालिकाहरूले बताएका छन् । बर्दघाट नगरपालिकाले बर्खे बिदाबाट मिलान हुने गरि ज्येष्ठको १७ र १८ गते गरि दुई दिन विद्यालयहरू बिदा गर्ने निर्णय गरिएको बर्दघाटका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले बताउनुभयो ।

प्रतापपुर गाउँपालिकाले १६, १७ र १८ गरि ३ दिन सम्म बिदा गरिएको गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले जानकारी दिनुभयो ।

सरावल गाउँपालिकाले १७ गतेदेखि २० गते सम्म बिदा गरेको प्रमुख प्रशासकीय विशाल मिश्रले जानकारी दिनुभयो । त्यस्तै रामग्राम नगरपालिकाले ज्येष्ठको १७ र १८ गते गर्मी बिदा दिएको छ । अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा समेत समस्या देखिन थालेपछि चार वटा पालिकाले विद्यालय बिदा दिने निर्णय गरेका हुन ।

Leave A Reply

Your email address will not be published.