Bardaghat Na pa

सरस्वती मा.बि.कोे क्याप्टेनमा समिक्षा गाहा विजयी

139

बर्दघाट,जेष्ठ–४
बिद्यार्थीहरुलाई ब्यवहारिक शिक्ष्ाँ प्रदान गर्दै उनीहरुलाई जिम्मेवार बनाउनका लागि बर्दघाट–१४ कुञ्जनपुरमा रहेको सरस्वती मा.बि.ले क्याप्टेन तथा सह क्याप्टेनको लागि निर्वाचन गराएको छ ।
विहिवार भएको क्याप्टेन तथा सह क्याप्टेनको निर्वाचनमा कक्षा १० की समिक्षा गाहाले ५३ मत प्राप्त गरेर विद्यालयको क्याप्टेन बन्न सफल भएकी छिन ।
त्यसैगरी आशिष चुन थापाले १ सय ३९ मत प्राप्त गरेर सह क्याप्टेन भन्न सफल भएका छन ।

क्याप्टेनका लागि १८ जनाले प्रतिस्प्रधा गरेका थिए भने सह क्याप्टेनका लागि १६ जनाले प्रतिष्प्रर्धा गरेका थिए ।

कक्षा ४ देखि ११ सम्मका बिद्यार्थीहरुले गरेको मतदानमा ३ सय १० मत खसेको थियो । १ वटा मतदान केन्द्र र २ वटा बुध बनाएर विहान ११ बजे देखि १ बजे सम्म गरीएको मतदानलाई २ बजे पछि गणना गरीएको थियो ।