Sarawal sit lahar Notis

सरस्वती मा.बि.कोे क्याप्टेनमा समिक्षा गाहा विजयी

0 102

बर्दघाट,जेष्ठ–४
बिद्यार्थीहरुलाई ब्यवहारिक शिक्ष्ाँ प्रदान गर्दै उनीहरुलाई जिम्मेवार बनाउनका लागि बर्दघाट–१४ कुञ्जनपुरमा रहेको सरस्वती मा.बि.ले क्याप्टेन तथा सह क्याप्टेनको लागि निर्वाचन गराएको छ ।
विहिवार भएको क्याप्टेन तथा सह क्याप्टेनको निर्वाचनमा कक्षा १० की समिक्षा गाहाले ५३ मत प्राप्त गरेर विद्यालयको क्याप्टेन बन्न सफल भएकी छिन ।
त्यसैगरी आशिष चुन थापाले १ सय ३९ मत प्राप्त गरेर सह क्याप्टेन भन्न सफल भएका छन ।

क्याप्टेनका लागि १८ जनाले प्रतिस्प्रधा गरेका थिए भने सह क्याप्टेनका लागि १६ जनाले प्रतिष्प्रर्धा गरेका थिए ।

कक्षा ४ देखि ११ सम्मका बिद्यार्थीहरुले गरेको मतदानमा ३ सय १० मत खसेको थियो । १ वटा मतदान केन्द्र र २ वटा बुध बनाएर विहान ११ बजे देखि १ बजे सम्म गरीएको मतदानलाई २ बजे पछि गणना गरीएको थियो ।

Leave A Reply

Your email address will not be published.