Jilla Ban Notis

सिटिजन्स बैंकद्धारा वाल्मिकि माविलाई वाटर डिस्पेन्चर सहयोग

0 23

कृष्ण ढकाल
बर्दघाट,बैशाख–२७
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड जिमिरेभार शाखाले बर्दघाट(१ मोतिवस्तीमा रहेको वाल्मीकि माविलाई एक थान वाटर डिस्पेन्चर सहयोग गरेको छ ।

बैंकको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नु पर्ने रकमलाई बालबालिकाहरुको हितमा रहने गरी बिद्यालयमा वाटर डिस्पेन्चर सहयोग गरेको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड जिमिरेभार शाखा प्रबन्धक तेजप्रसाद न्यौपानेले बताउनु भएको छ ।

आज बैंकका शाखा प्रबन्धक न्यौपाने सहतिको टोलीले बाल्मिकी मा.बि.मा पुगेर उक्त वाटर डिस्पेन्चर बिद्यालयलाई हस्तान्त्रण गर्नु भएको थियो । सो अवसरमा बर्दघाट नगरपालिका वडा नं. १ का वडाध्यक्ष संदिप सापकोटा,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझि,विद्यालयका प्रधानध्यापक रामकुमारी पाध्याय लगाएतको उपस्थिती रहेको थियो ।

तातो र चिसो पानी आउने वाटर डिस्पेन्चर विद्यालयले प्राप्त गरेसंगै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझिले बिद्यार्थीहरुका लागि आवश्यक वस्तु सहयोग गरेकोमा धन्यवाद प्रकट गर्दै आगामि दिनमा पनि सहयोगी हातहरु जारी राख्न अनुरोध गर्नु भएको थियो । उहांले सबैको सानो–सानो सहयोगवाट नै सामुदायिक विद्यालयहरुको अवस्था र ब्यवस्था परिवर्तन गर्न सकिने भएकाले उपस्थित सबैले आ–आफ्नो क्षेत्रवाट सक्दो सहयोगमा जुट्न अनुरोध गर्नु गभएको थियो ।

सिटिजन बैंकले यसअघि बर्दघाट–५,पाल्डाँडामा रहेको शान्ति निकुञ्ज मा.बि.मा पनि एक थान वाटर डिस्पेन्चर सहयोग गर्नुका साथै वित्तीय सात्क्षरता सम्वन्धि बिद्यार्थीहरुलाई सचेतनाको कार्यक्रम समेत सञ्चालन गरेको थियो ।

Leave A Reply

Your email address will not be published.