Jilla Ban Notis

बर्दघाट नगरपालिकाले शैक्षिक सुधार वर्षको रुपमा नीति तथा कार्यक्रम बनाउने

0 32

वैशाख २४
बर्दघाट नगरपालिकाले आउने आर्थिक बर्ष ०८१/८२ लाई शैक्षिक सुधार वर्षको रुपमा बजेटको प्राथमिकिकरण गरिने जनाएको छ । सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि बजेटमै शिक्षालाई प्राथमिकतामा राखेर समेटिने नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो ।

“हामीले विद्यालयको भौतिक संरचनालाई मात्रै महत्व दिएका छौ,त्यसैले अब गुणस्तर सुधारका लागी सम्भव भए सम्म अधिकतम बजेट नै छुटाउने सोचेका छौ”नगरप्रमुख श्रेष्ठले भन्नू भयो ।यो पटक भौतिक विकासलाई मात्र महत्वमा राख्दैनौ ।अधुरा रहेका विद्यालयका व्यवस्थापनका लागि प्राविधिक सहितको टोलिले अनुगमन गरी नयाँ आर्थिक बर्ष भित्रमै टुङ्ग्याइने श्रेष्ठले बताउनु भयो ।

भौतिक संरचना निर्माण भैसकेका विद्यालयहरूमा निर्माण बजेट नपठाइने र अत्यावश्यक रहेका विद्यालयमा मात्र संरचना निर्माणका लागि मात्र बजेट उपलब्ध गराइने जनाइएको छ ।वडाहरूलाई अब स्वायत्त बनाइने गरी थप १० करोड रकम बिनोयोज गरिने नगरप्रमुख श्रेष्ठले बताउनु भयो ।वडाको जनसङ्ख्या,भूगोल,उत्पादन,कर सङ्कलनको अवस्था लगायत विभिन्न मापदण्डका आधारमा उक्त रकम पठाइने नगरप्रमुख श्रेष्ठले बताउनु भयो ।

नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि नगरबाट सेवा सुविधा लिने कर्मचारी,शिक्षक र कर्मचारीहरूले आफ्ना छोरीलाई सामुदायिक विद्यालयमा अध्ययन गराउनु पर्ने अभियान चलाएको छ ।नगरपालिकाका ३७ वटा सामुदायिक विद्यालयमा झण्डै ११ हजार विद्यार्थी अध्ययनरत छन् ।

सङ्घीय सरकारले स्थानीय तहमा पठाइने अनुदान बर्सेनि काटिरहेको अवस्थामा योजना निर्माणमा थप असहजता भएको स्थानीय तहहरुले बताउँदै आइरहेका छन् ।

Leave A Reply

Your email address will not be published.