Jilla Ban Notis

बर्दघाट–१६ को गिरीडाडा र मोरन टाँडीको जंगलभरी आग्लागी

0 86

कृष्ण ढकाल
बर्दघाट,चैत्र–२६
दाउन्ने देवि सामुदायिक वन बर्दघाट नगरपालिका वडा नं. १६ को जंगलमा अहिले भिषण आगलागी भएको छ । जंगलमा लागेको आगोको धुवाँले जंगल आसपासका वस्तीहरुमा अहिले आँखा पिरोभएर घरवाहिर वस्न समस्या भएको स्थानियले गाउँलेदर्पण अनलाईलाई जानकारी गराएका छन ।

जंगलमा लागेको आगो फैलिदै जाँदा जंगल नजिकका वस्तीहरुको वातावरणमा समस्या भएको स्थानियहरुको गुनासो रहेको छ । अहिले गिरीडाडा र मोरन टाँडीको जंगलभरी आगो लागेको छ।

विगत ३ दिन देखी जंगलमा आगो लागेको देखिए पछि स्थानिवासी,प्रहरी सेना सबै मिलेर जंगलमा आगो निभाएर आएको तर आज फेरी सिता पोखरी सामुदायिक वनको जंगल तिरवाट दाउन्ने देवि सामुदायिक वनको जंगल तिर आगो फैलिएको बर्दघाट नगरपालिका वडा नं. १६ का वडाध्यक्ष भिमकाजी गुरुङ्गले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.