Jilla Ban Notis

आई.एस.पि.का तारहरु तत्काल ब्यवस्थापन गर्न उपभोक्ता हित संरक्षण मञ्चको आग्रह

0 38

कृष्ण ढकाल
बर्दघाट,चैत्र–२५
नवलपरासीको बर्दघाट बजार क्ष्ँेत्रमा सडक निमार्ण कै क्रममा बिभिन्न आई.एस.पि.हरुले आफ्ना तारहरु स्थानान्त्रण गरी पुराना तारहरु यत्रतत्र लथालिङ्ग पारेर छोडेको प्रति उपभोक्ता हित संरक्षण मञ्च ,बर्दघाट नगर कमिटिले आफ्नोे गम्भिर ध्यानाकषर्ण भएको जनाएको छ।

नगर कमीटीका अध्यक्ष हुमनाथ आचार्य र सचिव कुस्माकर ढकालले संयुक्त रुपमा हस्ताक्षर गरी जारी गरेको विज्ञप्तीमा आई.एस.पि.हरुले सिसाबाट बनेका खतरापूर्ण तार लथालिङ्ग रुपमा छोडेको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै तत्काल उक्त तारहरु ब्यवस्थापन गर्न विज्ञप्ती मार्फत आग्रह गरीएको छ ।

विज्ञप्तीमा भनिएको छ कुनैपनि ब्यक्तीहरु आवत–जावतगर्दा आई.एस.पि.का तारहरुमा ठोकिएर काटेमा वा गडेर रगतसञ्चारसंगै शरीरमा जानसक्ने जोखिमपूर्ण रहेको अवस्था रहेको छ । त्यसैले उक्त तारहरुको ब्यवस्थापन नगर्दा जुनकुनै पनि खतरा हुन सक्ने भएकाले तत्काल ईन्टरनेट सेवा प्रदायक कम्पनीका तारहरु सम्वन्धित निकाय र सम्वन्धित आई.एस.पि.हरुले समयमा नै ब्यवस्थापन गर्न उपभोक्त हित संरक्षण मञ्च ,बर्दघाट नगर कमिटिले विज्ञप्ती मार्फत अनुरोध गरेको छ ।

बर्दघाट बजार क्ष्ँेत्रमा अस्त ब्यस्त रुपमा काटेर भुईमा फालेका आई.एस.पि.का तारहरुको ब्यवस्थापन गर्न नटेरेमा सम्बन्धित निकायलाई कानुनी प्रक्रिया अनुसार कार्वाहिका लागि सिफारीस गरीने ब्यहोरा विज्ञप्तीमा उल्लेख गरीएको छ।

Leave A Reply

Your email address will not be published.