Jilla Ban Notis

पञ्चनगर बजार विकास समिति अध्यक्षमा पुनः रामजी चापागाई

0 78

कृष्ण ढकाल

बर्दघाट,चैत्र–२४

पञ्चनगर बजार विकास समितिको तेस्रो वार्षीक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । भू.पू. सैनिकको सभाहलमा आज भएको दोस्रो अधिवेशनले रामजी चापागाईको नेतृत्वमा पुनः नयां कार्यसमिति सर्वसम्मवत  निर्वाचीत भएको छ।

१३ सदस्य कार्यसमितिको अध्यक्षमा रामजी चापागाई,वरिष्ठ उपाध्यक्षमा प्रेम अर्याल,उपाध्यक्षमा सिता कुमारी श्रेष्ठ,महासचिवमा हेमलाल न्यौपाने,सचिवमा प्रकाश घिमिरे र कोषाध्यक्षमा मायादेवि गिरी रहनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा हेम बहादुर क्षेत्री,पदमपानी आचार्य,सुजन खनाल,श्यामलाल खरेल,सुनिल श्रेष्ठ,राधिका सुवेदी र टिकादेवि पौडेल रहनु भएको छ ।

बर्दघाट नगरपालिका वडा नं. ८,९,१० र ११ का १ हजार ९ सय ११ घरधुरीको फोहरमैला संकलन तथा विर्सजन गर्दैआएको पञ्चनगर बजार विकास समितिको तेस्रो वार्षीक साधारण सभा तथा दोस्रो अधिवेशन  समितिका अध्यक्ष रामजी चापागाईको अध्यक्षता र बडानं. ९ का वडाध्यक्ष चन्द्रकान्त चापागाईको प्रमुख आतिथ्तामा सम्पन्न् भएको थियो ।

संस्थाका महा सचिब जितबहादुर चौधरीको सञ्चालन रहेको कार्यक्रममा बडा नं. ८ का कबिराज आचार्य,बर्दघाट बजार विकास समितिका अध्यक्ष्ँ गोबिन्द पाध्याय,संस्थाका सल्लाहकार गोविन्द खनाल लगाएतले बोल्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.