Jilla Ban Notis

खानेपानी सुरक्षा समितिद्धारा जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न

0 43

माधबप्रसाद घिमिरे
बर्दघाट,चैत्र–२४
चिसापानी खानेपानी तथा सरसफार्इ उपभोक्ता सस्था बर्दघाट–२ चिसापानीको खानेपानी सुरक्षा समितिले जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम गैंडाहा मा सम्पन्न गरेको छ। संस्थाका उपाध्यक्ष एवं खानेपानी सुरक्षा समितिका संयोजक लोकेन्द्र पाण्डेको अध्यक्षता र जिल्ला समन्वय समिती सदस्य धनिराम चौधरीको प्रमुख आतिथयतामा उक्त कार्यक्रम सम्पन्न् भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले अझैपनि चिसापानी खानेपानी संस्थाको सेवा क्षेत्र भित्रका उपभोक्ताहरुलाई शुद्ध र गुणस्तरीय पानीका बारेमा सचेत गराउन नसकिएका कारण सेवा क्षेत्रका सबै घरहरुमा खानेपानीका धाराहरु जडान हुन नसकेको धारणा राख्नु भएको छ ।

त्यसैगरी बर्दघाट नगरपालिका वडा।नं–११ वडा अध्यक्ष फपेन्द्र चौधरीले संस्थाले उपभोक्ताहरुलाई प्रवाह गर्ने सेवा सुविद्याका वारेमा बेला बेलामा जानकारी गराई रहनु पर्ने बताउनु भएके थियो ।

राधा शर्मा नेपालको सञ्चालन र श्रीज्ञवाली -गंगा-को स्वागत रहेको कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष मोहन गुरुङले वडा नं. ११ मा मात्र १ सय ५६ घरधुरीमा धारा जडान भैसकेको जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा सस्थाका कर्मचारी दुर्गा श्रेष्ठ, गैंडाहा टोल बिकास सस्थाका अध्यक्ष तोप नारायण चौधरी लगाएतले आ आफ्ना भनाई राख्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.