Jilla Ban Notis

देशको अर्थतन्त्र बलियो बनाउन निजि क्षेत्रको महत्वपुर्ण भुमिका रहन्छः मन्त्री अधिकारी

0 81

कृष्ण ढकाल
बर्दघाट,चैत्र–२३

देशको अर्थतन्त्र बलियो बनाउन निजि क्षेत्रको महत्वपुर्ण भुमिका रहने भूमि ब्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बताउनु भएको छ । बर्दघाट उद्योग बाणिज्य संघले बर्दघाट–४ हरियालीनगरको बर्दघाट मण्डपमा आयोजना गरेको सातौं कृषि,पर्यटन तथा औद्यागिक ब्यपार मेलाको समुदघाटन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले उक्त कुरा बताउनु भएको हो ।

सरकारी,निजि र सहकारी गरी तीन खम्बे अर्थनितिका कारण नेपालको अर्थतन्त्रमा केहि सुधार आउदै गएको बताउदै आगामी दिनमा पनि यहि नितिअनुरुप अघि बढ्नु पर्नेमा मन्त्री अधिकारीको जोड रहेको थियो । मन्त्री अधिकारीले पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिएको भएपनि अहिले उद्योग तथा ब्यपार ब्यवसायहरु फस्टाउन नसकेको बताउनु भएके थियो ।

पछिल्लो समय केही सहकारीहरुमा समस्या देखिएको भन्दैमा सबै सहकारीलाई उही रुपमा बुझ्न नहुने बताउनु भयो ।ूसहकारीमा समस्या नभएकै होईन त्यसैले हामिले कर्जा असुली प्राधिकरण गठन गरी समस्या समाधान तर्फ अघि बढेका छौ ।सहकारी,भुमी र उद्योग क्षेत्रमा देखिएका समस्यालाई टुङ्गोमा पुर्याउनेतर्फ सरकार अग्रसर छू मन्त्री अधिकारीले भन्नू भयो । देशको अर्थतन्त्रमा सहकारीको समेत योगदान रहेको अधिकारिको भनाई थियो । एक अर्को निकायको आपसि समन्वय अभाव र पुराना कानुनहरुका कारण जटिलता उत्पन्न भएको भन्दै मन्त्री अधिकारीले एकीकृत कानुन निर्माण गरिने बताउनु भयो ।

निजि,सरकारी तथा सामुदायिक उधोगहरु सन्चालन भएका जग्गा बनसँग जोडिएर समस्या भएको छ यसलाई मन्त्रालय सँग समन्वय गरेर एकीकृत रुपमा हल गर्ने तर्फ अघि बढेका छौूमन्त्री अधिकारिले उल्लेख गर्नु भयो । फरक प्रसङ्गमा बोल्दै मन्त्री अधिकारीले नेपाली जनता र राजनीतिक दलहरुले लडेर ल्याएको ब्यवस्था बिरोधि स्वर देखिन थालेको भन्दै सङ्घियताको मर्म अनुरुपु तिनै तहको सरकारलाई बलियो बनाएर लैजानु पर्ने बताउनु भयो ।

त्यसैगरी प्रतिनिधि सभासदस्य सरिता भुसालले बर्दघाटको स्थानिय उत्पादनलाई बन्डेट गरेर बजारीकरण गर्नु पर्नेमा जोड दिनु भएको थियो भने स्थानिय उद्यमीहरुलाई प्रोसाहन गर्न सबैले लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।

अर्का पुर्वमन्त्री ह्र्दयेश त्रिपाठिले नया उद्योगहरु खोल्ने मात्र नभै बिदेशमा उधोग खोल्ने ठुला घरानाको पुँजि परिचालन रोक्नु पर्नेमा जोड दिनु भएके थियो । यता बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले मेला महोत्सवमा स्थानिय उत्पादनलाई प्रोत्साहन गर्दै स्थानिय ब्यवसायिको आर्थिक स्तर उकास्नमा जोड दिईनु पर्ने धारण राख्नु भएको थियो । उहाँले स्थानिय कलाकार तथा ब्यवसायिहरुलाई समावेस गर्ने र अनुमति दिएअनुसार मेला सञ्चालन गर्न आग्रह गर्नु भएको थियो ।
बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेको अध्यक्षता र वरिष्ठ उपाध्यक्ष ताराप्रसाद गौतमको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको सञ्चालन महासचिव गंगा पाठकले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.