Jilla Ban Notis

बजार अनुगमनमा सक्रियहुदै बर्दघाट नगर

0 56

कृष्ण ढकाल
बर्दघाट–२१

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरमा सञ्चालीत साप्ताहिक हाटबजारहरु र नगरका बिभिन्न पसलहरुको अनुगमन कार्यलाई तिव्रता दिएको छ ।

बजारमा अखाद्यय वस्तुको विक्रि गर्ने , नापतौलमा ठगी गर्ने ,सम्बन्धित निकाएमा ब्यवसाय दर्ता नगर्ने जस्ता कार्यहरुको रोकथाम गर्न नगर उप–प्रमुख तथा अनुगमन समितिका संयोजक रुद्रप्रकाश उपाध्यायको नेतृत्वमा अनुगमन गरीएको छ।

उपभोक्ता हित संरक्षण मञ्च,बर्दघाट नगर समितिको सहकार्य रहेकोे उक्त अनुगमनमा खाद्यय निरिक्षक एवं बर्दघाट नगरका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालको समेत सहभागिता रहदै आएको छ ।

पत्रकार,जनप्रतिनिधि र नगरका कर्मचारी तथा नगर प्रहरीको संयुक्त टोलीले नगरका साप्ताहिक हाटबजारहरु,विद्यालयका चमेना गृहहरु,खाद्यय तथा पानी उद्योग,होटल तथा रेष्टूरेन्ट लगाएत विभिन्न किसीमका ब्यापार ब्यवसायहरुको अनुगमन गरीरहेको छ ।

नियमित अनुगमनकै क्रममा आज बर्दघाट–१२,भटौलियामा रहेको साप्ताहिक हाटबजारको अनुगमन गरीएको थियो । अनुगमनका क्रममा खुल्ला रुपमा मासुजन्य वस्तुहरुको बिक्री गरेको पाईएकाले पहिलो पटकलाई सम्झाएर छोडिएको थियो ।

त्यसैगरी तौल नमिलेको काँटा जफत गरीएको र किराना पसलमा भेटिएको ५ पिस सेतो अण्डा र होटेलमा पकाउन राखेको तेलमा माखा डुबेको भेटिए पछि अनुगमन टोलीले नष्ट गरेएको थियो ।

बर्दघाट,चिसापानी , भुताहा र भटौलियाको साप्ताहिक हाटबजार तथा पसलहरुमा अनुगमन गर्दा प्रतिवन्धित तेलमा पकाएका परिकारहरु,प्रमाणीत नगरीएका तराजु , ढक तथा डिजिटल काँटाहरुको बढी प्रयोग भएको पाईएको र केहि पसलेहरुले आफ्नो ब्यवसायको सम्वन्धित निकाएमा दर्ता गर्ने र नविकरण गर्ने कार्य नगरेको पाईएको अनुगमन समितिका संयोजक रुद्रप्रकाश उपाध्यायले बताउनु भएको छ ।

नगरपालिकाको बजार अनुगमन कार्यलाई उपभोक्ता हित संरक्षण मञ्च,बर्दघाट नगर समिति र पत्रकारहरुले समेत साथ दिएपछि अनुगमन पथप्रभावकारी हुदै गएको उपभोक्ता हित संरक्षण मञ्च,बर्दघाट नगर समितिका सचिव कुस्माकर ढकालको भनाई रहेको छ ।

Leave A Reply

Your email address will not be published.