Jilla Ban Notis

दाउन्ने देवि सामुदायिक वनकाे १० बर्ष पछि वार्षिक साधारण सभा 

0 44

कृष्ण ढकाल
बर्दघाट,चैत्र–१७

नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. –१६ मा रहेको दाउन्ने देवि सामुदायिक वन उपभोक्ता समुहले १० बर्ष पछि आफ्नो वार्षिक साधारण सभा गरेको छ ।

२०७१ साल माघ ११ गतेको ५ औं अधिवेशनवाट सर्वसम्मतीमा मंगल बहादुर गुरुङको अध्यक्षतामा बनेको १३ सदस्य कार्य समितिले आज बल्ल पहिलो पटक वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन आयोजना गरेको हो ।

नयाँ समिति चुनिए देखि नै समुहको कुनै पनि आर्थिक कारोवार बैंक मार्फत नगरी नगदमा नै गर्दै आएको उक्त समितिले अहिले १० बर्षको लेखा परिक्षण एकै पटक गरेर आज बल्ल वार्षिक साधारण सभाको आयोजना गरेको थियो ।

पहिलो पटक वार्षिक साधरण सभा आयोजना गरेको उक्त वन समुहको १० वर्षको आम्दानी १९ लाख ४ हजार २ सय ६९ रुपैया र खर्च २१ लाख ५५ हजार ५ सय ६० रुपैया रहेको समुहका कोषाध्यक्ष बिमला अधिकारीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरीएको छ ।

समुहका अध्यक्ष मंगल बहादुर गुरुङको अध्यक्षता र बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले समुहको कानुनि प्रक्रिया अबिलब्ब पुरागेर जनमैत्री रुपमा समुहका काम कार्वाहि अघि बढाउन आग्रह गर्नु भएको थियो ।

बर्दघाट नगर प्रवक्ता सन्त बहादुर गाहा ,सामाजिक विकास समिति संयोजक तथा वडा नं. १६ का वडाध्यक्ष भिमकाजी गुरुङ, सामुदायिक वन उपभोक्ता महासंघ नवलपरासीका जिल्ला अध्यक्ष सारदा पोखरेल,बर्दघाट–सरावल सब डिभिजन वन कार्यालयका प्रमुख चिनबहादुर यादव लगाएतले बोल्दै दाउन्ने देवि सामुदायिक वन नविकरण पनि हुन नसक्नु दुखपक्ष रहेकाले अब सबै मिलेर समस्याको समाधान गर्न तर्फ लाग्नु पर्नेमा जोडदिएका थिए ।

Leave A Reply

Your email address will not be published.