Jilla Ban Notis

विपन्न किसानहरुलाई पाडी वितरण

0 37

कृष्ण ढकाल
बर्दघाट,चैत्र– १३
बर्दघाट नगरपालिकाले आफ्नो बार्षिक कार्ययोजना अनुसार  विपन्न किसानहरुलाई दुई दुई वटाका दरले भैसिँका पाडी वितरण गरेको छ । बर्दघाट नगरको पशुपन्छी विकास शाखा मार्फत नगरले भैसिँका पाडी वितरण कार्य सम्पन्न गरेको हो ।

नगरका निम्न आय भएका विपन्न किसानहरुको तथ्याक संकलन गरेर उनीहरुको जिविकोपार्जनका लागि भैसीका पाडीहरु वितरण गर्ने कार्ययोजना अघि सारिए अन्ुसार आज वितरण कार्यको शुरुवाद गरीएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो ।

नगरका सबै वडाका विपन्न किसानहरुलाई लक्षीत गरी यस बर्षको बजेटवाट २३ जना विपन्नलार्ए पाडि वितरण गर्ने कार्ययोजना रहेपनि आज पहिलो चरणमा १६ जनालाई वितरण गरीएको नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायको भनाई रहेको छ ।

१५ देखि २० हजार सम्म मुल्य रहेका पाडीहरु वितरण भएको र नगरले प्रदान गरेका पाडी किसानहरुले कम्तीमा ३ वर्ष पाल्नुपर्ने बर्दघाट नगरपालिकाका पशुपन्छी विकास शाखा प्रमुख भरत लम्सालले जानकारी दिनु भयो । किसानहरुले त्यसो गरेको÷नगरेको अनुमगन सम्बन्धित वडा कार्यालय तथा नगरको पशुपन्छी विकास शाखाले लम्सालले बताउनु भयो ।

आज वितरण गरीएका पाडीहरु बर्दघाट नगरपालिका वडा नम्बर १३ का बेल बहादुर सोति मगर, वडा नम्बर १४ का लिला सुवेदी, बाल कुमारी चौधरी, वडा नम्बर १६ कि तारा परियार, देवी विश्वकर्मा र गंगा परियारलाई दुई दुई वटा पाडी वितरण गरिएको हो ।
यस बर्ष पाडी वितरणका लागि बर्दघाट नगरवाट ९ लाख २० हजार रुपैया विनियोजन भएको छ । पाडी वितरण कार्यक्रममा वडा नम्बर ५ कि वडा अध्यक्ष विमला गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.