Jilla Ban Notis

बर्दघाट नगरद्धारा बजार अनुगमन,भारतको माछा र सुर्ति जन्यवस्तुको खुलेआम ब्यापार

0 148

कृष्ण ढकाल
बर्दघाट,चैत्र– १
चाडवाडका बेला बजारमा अखाद्यवस्तुको बेचविखन हुन सक्ने र उपभोक्ताहरुलाई बिभिन्न तरीकाले ब्यापारीहरुले झुक्काउने गरी ब्यवसाय गरेको हुन सक्ने आशंकामा बर्दघाट नगरले आईतवार पञ्चनगरको साप्ताहिक हाट बजारको अनुगमन गरेको छ ।

बजार अनुगमनका क्रममा भारतबाट ल्याएको अबैध माछा र सुर्ति जन्यवस्तुको खुलेआम ब्यापार गरेको पाईएको थियो । नगरले बन्देज गरेको वस्तु खुलेआम बिक्रि गरेको पाईएपछि पहिलो पटकलाई सम्झाएर अइन्दा नगर्ने सर्तमा छोडिएको बजार अनुगमन समितिका संयोजक तथा बर्दघाट नगर उप–प्रमुख रुद प्रकाश उपाध्यायले बताउनु भएको छ ।

पञ्चनगरको सार्वजनिक शौचालय भारतीय माछा बेच्ने खुल्ला बजार , के माछा बेच्ने स्थान त्यही हो त ?

अनुगमनका क्रममा बजारका ब्यापारीहरुले प्रयोग गर्ने अधिकांश ढक एंव तराजुहरुको नापजाँच तथा प्रमाणिकरण नगरेको पाईएको थियो । बजारका केहि ब्यापारीहरुले ढुंगाको नापो बनाएर पनि सामानहरु बिक्रि गर्ने गरेको भेटिएपछि त्यस्ता ढुंगाका तौल गर्ने वस्तु बरामत गरी आईन्दा गल्ती नगर्ने सर्तमा सम्झाएर छोडिएको थियो भने ढक तथा तराजुहरुको प्रमाणीकरण गर्न सुझाव दिईएको उपभोक्ता हित संरक्षण मञ्च नेपाल ,बर्दघाट नगर समितिका सचिव कुस्माकर ढकालले बताउनु भएको छ ।

कुन तेलमा पकाएको भन्दै सोध्दै अनुगमन टोली

बजार अनुगमनका क्रममा बजारका धेरै जसो खाद्यवस्तुमा प्रयोग भएको पामा आयल तेल अखाद्य रहेको हुन सक्ने आशंकामा अनुगमन टोलीले हाटबजारका ब्यपारीहरुलाई उक्त तेल तत्काल प्रयोग नर्गन सुझाव दिएको थियो ।
त्यसैगरी अनुगमनकै क्रममा नजिकैको पाउरोटी उद्योगको समेत अनुगमन गरी उद्योगमा भेटिएको पाँच ग्यालिन तेल अखाद्यय रहेको हुन सक्ने आशंकामा शिलवन्दी गरी भैरहवाको खाद्यपरिक्षणको टोलीलाई बोलाईएको उद्योग अनुगमनमा रहनु भएका खाद्यनिरिक्षक तथा बर्दघाट नगरका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले बताउनु भएको छ ।

बजार अनुगमनमा बजार अनुगमन समितिका संयोजक तथा बर्दघाट नगर उप–प्रमुख रुद प्रकाश उपाध्याय,खाद्यनिरिक्षक तथा बर्दघाट नगरका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनाल,बर्दघाट नगरका उद्योग तथा वाणीज्य शाखा प्रमुख पशुपति गैरे,उपभोक्ता हित संरक्षण मञ्च नेपाल ,बर्दघाट नगर समितिका सचिव कुस्माकर ढकाल,जनप्रतिनिधि दिपक खराल,पत्रकार चिरन न्यौपाने तथा नगर प्रहरी लगाएतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.