नेपाल को बर्तमान अबस्था मा दात तथा मुख रोग समस्या प्रमुख समस्या बन्दै गएको छ।प्राय् यो समस्या भर्खरै हुर्किदै गरेका केटाकेटि देखी बुढा बुढी सम्म कसै लाई पनि न भएको पाइदैन | तसर्थ आम नागरिक लाइ सम्बन्धित सामान्य कुरा हरु मार्फत चेतना दिलाउन को लागि मेरा केही अनुभब हरु बताउन चाहान्छु।
मानब जाती मा दात को बिकासक्रम दुई किसिम बाट हुने गर्छ।
- अस्थायी/दुधे दात( गन्ती मा २० ओटा हुन्छन)
- स्थायी दात (गन्ती मा ३२ओटा हुन्छन)
मानिस जन्मिएको करिब ६ महिना बाट अस्थायी दात को बिकासक्रम हुने गर्दछ र करिब ११/१२ बर्ष भित्र यि दात हरु झरिसकेका हुन्छन। ६/७ बर्ष को उमेर देखि २०/२५ बर्ष भित्र स्थायी दात पूरा आइसकेको हुन्छ । कसै कसै मा उमेर हद तल माथी हुन सक्छ}।बर्तमान को परिप्रेक्ष्यमा डेण्टल क्लिनिक तथा डेण्टल हस्पिटल मा बच्चा देखी बुढापाका सम्म दात दुख्यो ,गिजा बाट रगत आयो,मुख गन्हायो,दात मा किरा लाग्यो ,तथा अनेक समस्या लिएर पिडित हरु ठुलो मात्रा मा आउनुहुन्छ समस्या आए पछि परिक्षण का लागि जानू एकदम राम्रो पक्ष हो तर हामी समस्या आउनु पुर्बअबस्था मै चाँही प्रायआफ्नो दात तथा मुख को अबस्था बारे जानकारी लिदैनौ।
रोग लाग्न दिनु भन्दा रोग लाग्न नदिने उपाय हामिलाई थाहा नभएको होईन तर हामी ब्यबहार मा मन्जुर देखिदैनौ केयरलेस छौ।हरेक दिन बिहान देखि बेलुका सम्म विभिन्न प्रकार का खानेकुरा हरु खान्छौ सुत्ने बेलामा मुख को सरसफाइ नगरी एकै पटक अर्को दिन मात्र सामान्य सरसफाइ गर्दछौ यो अत्यन्तै राम्रो होइन।
यदि oral cavity सफा छैन्, गिजा कमजोर छ्, दात हरु कमजोर छन भने शरिर ले पाउनु पर्ने सन्तुलित आहार पुर्ण रुप मा पाउदैन र हामी शारिरिक रुप मा कमजोर हुन्छौ तथा देखिने सौर्न्दर्यता मा पनि ह्रास आउछ र मानसिक रुप मा पनि कमजोर हुन्छौ।
दात को निकै महत्त्व हुने गर्दा दात लाई mirror of body पनि भन्ने गरिछ।यसले ब्यक्तिगत पहिचान अलग्गै रुप मा दिएको हुन्छ। कसैले भन्नु हुन्छ मैले दिन मा दुइ पटक दात माझ्छु तर पनि समस्या हटेन जती ब्रस गरेपनी मुख बाट bad breath आइरहेको हुन्छ या अन्य समस्या आइरहेको हुन्छ । यस्तै मुख मा समस्या आएको कुरा बताउनु हुन्छ!!!
जसको लागि निम्न केही समान्य साबधानी अपनाउनु होस
- दात तथा मुख को सरसफाइ गर सही तरिका अपनाउनुस्,!!
- बिहान बेलुका खाना खाइ सकेपछी कम्तिमा दुइ पटक अनिवार्य दात माझ्नुहोस्,!!
- सिन्का तथा पिन ले दात र गिजा नकोट्टाउ ,दुई दात को बिच मा अड्केको फोहर निकाल्दा floss (एक किसिम को धागो)प्रयोग गर्नु होस।
- हरेक अङग को निस्चित क्षमता हुन्छ,त्यसैले अत्यन्तै कडा बस्तु जबरजस्ती नटोक्नुहोस,अत्यन्तै चिसो र अत्यधिक तातो नखानुहोस!!!
- कडा खाल को ब्रुश (बृस्टल)ले दात घिसिने हुँदा नरम soft ब्रस को प्रयोग गर्नुहोस,
- फ्लुयोराइड युक्त मन्जन प्रयोग गर्नुहोस्!!, तर मन्जन को मात्रा मिलाएर गर्नुहोस!
- बच्चा को दुधे दात हुन क्यारे भनेर वेवास्ता नगर्नुहोस ,!!
दुधे दात भनेको (morning shows the day) भने जस्तो,पुन आउने स्थायी दातको leader हो। तसर्थ अस्थायी दात झन महत्त्वपूर्ण छ।
- दुध खादै गरेको बच्चालाई ( child या infant )दिनहु कपास को सानो गोलाकार डल्ला बनाइ पानी मा भिजाइ हल्का रुप मा गिजा समेत दात पुछिदिनुहोस!!
- बच्चा को औला चुस्ने बानी भए पुर्ण रुप मा हटाइदिने।
- अलिकती दात को कुनै पनि भाग कालो दाग तथा पहिले को भन्दा फरक पाउनुभएमा तुरुन्त डेन्टिस्ट सङ्ग सल्लाह लिनु होस्,!!
- बच्चा जन्माउने योजना बनाउदै हुनुन्छ भने पुर्बअबस्था मै महिला ले अनिवार्य दात तथा मुख परिक्षण गराउनुहोस।
- मुख मा आएको घाउ तथा बिबिरा हरु लाई हेल्चेक्राइ नगरि समयमै उपचार गर्नुहोस् तथा परिक्षण गर्नुहोस!!,
- जन्क फुड तथा packing food बाट केटाकेटी लाई सकेसम्मटाढै राख्नु होस्!!,
- कृतिम दात लगाउनु भएको छ भने बेला बेला मा चेक जाचगराउनु होस।
सामान्य यि कुरा मात्र पछयाउनु भयो भने पनि धेरै समस्या बाट बच्न सकिन्छ।अझै पनि नेपाल को कुनै कुनै ठाउँ मा दात दुख्यो भने धामिझाक्री गर्ने चलन छ त्यसरि कदापी समस्या को समाधान हुँदैन् झन समस्या थपिन सक्छ।|अहिले बिज्ञान ले नयाँ नयाँ उपचार गर्ने विभिन्न थेरापी तथा तरिका हरु पत्ता लगाइसकेको छ पहिला जस्तो दात को उपचार गर्ने डेन्टिस्ट तथा हाइजेनिस्ट नभएर उपचार गर्न नपाउने अवस्था छैन अहिले ,लगभग हरेक ठाउ मा दन्त चिकित्सक तथा डेण्टल हाइजेनिस्ट पुगेका छन तसर्थ हामी आफै चनाखो भएर आफ्नो समस्या कसरी समाधान गर्ने बिकल्प छनौट गर्नु पर्दछ!
लेखक ः RDH .Him kumar khanal
(CDS/ dental hygienist)
Chair man of
Ruru triveni dental care pvt.ltd
bardaghat 4 Nawalparasi Nepal