Bardaghat Na pa

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको मापदण्ड र निर्देशन अनुसार अघिबढन नेफ्स्कून अध्यक्ष ढकालको आग्रह

548

कृष्ण ढकाल
बर्दघाट,असोज–३१
कुनै पनि सहकारीहरुले आफ्नो ऋण असुलीलाई सहज बनाएर संस्थाको कार्य सम्पादनलाई पार्दशी गर्दछन भने ती संस्थामा कुनै समस्या नरहने नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनु भएको छ ।
हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारण सभालाई शुक्रवार बर्दघाट–२,चिसापानीमा सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो । अध्यक्ष ढकालले सहकारीहरुले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको मापदण्ड र निर्देशन अनुसार अघिबढेमा स्वतह संस्थामा सुसाशन आउनेमा जोड दिनु भएको थियो । त्यसैगरी संस्थाहरुको अवस्थाका वारेमा जानकारी लिन संस्था परिक्षणका लागि छुटै स्क्यानर प्रविधिको आवश्यकता रहेको ढकालको भनाइ रहेको थियो ।

सोही कार्यक्रममा बोल्दै संस्थाका निवर्तमान अध्यक्ष खेमराज सुवेदीले संस्था क्रमीक रुपले प्रगतिको पथमा रहेको बताउनु भएको थियो भने संस्थाका अध्यक्ष बिष्णुप्रसाद बरालले संस्थालाई सवल तथा निति,विधि र प्रविधिमा अब्बल बनाउने गरी अघि बढी रहेको जानकारी गराउनु भएको थियो ।

संस्थाका अध्यक्ष बिष्णु बरालको अध्यक्षता ,उपाध्यक्ष मनोहर रायमाझीको स्वागत र ब्यवस्थापक विष्णु बहादुर बस्नेतको सञ्चालनमा भएको उक्त वार्षिक साधारण सभामा बर्दघाट वडा नं. ७,जिमिरेभारमा रहेको राष्ट्रिय मा.बि. कक्षा ५ का निरज थारु,वडा नं. १५ पृथ्वीवस्तीमा रहेको आनन्द आधारभूत विद्यालय कक्षा ७ का जगन्नाथ बुढाथोकी र वडा नं. १,मोतीवस्तीमा रहेको बाल्मिकी मा.बी कक्षा ७ का शुभाष पाण्डेलाई कक्षा १२ सम्मको अध्ययन गराउने गरी संस्थाले अभिभावकत्व ग्रहण गरेको संस्थाका अध्यक्ष विष्णु बरालले जानकारी दिनु भएको छ ।
आर्थिक रुपले कमजोर,अपाङ्ग,अनाथ र पिछडिएको वर्गका सदस्य तथा गैर सदस्यहरुका छोरा छोरीहरुको शैक्षिक भविष्यलाई उज्जवल बनाउने उद्धेश्यले संस्थाले प्रत्येक वर्ष ३ जनालाई यसप्रकारको अभिभावकत्व ग्रहण गर्दै आएको संस्थाका ब्यवस्थापक विष्णु बहादुर बस्नेतले बत्ाँउनु भयो ।

बर्दघाट–२,चिसापानीमा केन्द्रिय कार्यालय र पाँच स्थानमा सेवा केन्द्र राखेर ६ हजार ४ सय १३ जना आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरेको हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्थाको शेयर पुँजी ३ करोड ७८ लाख १३ हजार ९ सय रहेको छ भने बचत रकम ३९ करोड ४५ लाख २२ हजार ६ सय १० रुपैया रहेको छ ।
त्यसैगरी ऋण लगानी तर्फ ३५ करोड,५२ लाख ४५ हजार २३ रुपैया रहेको छ भने जगेडा कोष तर्फ २ करोड ३३ लाख ७ हजार१ सय ७० रुपैया र संस्थाको कुल सम्पती ४८ करोड १३ लाख ७४ हजार ७८ रुपैया रहेको संस्थाले प्रकाशन गरेको वार्षीक प्रतिवेदनमा उल्लेख गरीएको छ ।

बर्दघाट नगरपालिका,रामग्राम नगरपालिका,सरावल गाउँपालिका र प्रतापपुर गाउँपालिकाको सबै वडाहरुलाई आफ्नो कार्यक्षेत्र बनाएर सेवामा समर्पित रहेको हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था २०६७ साल माघ २ गते विधिवत रुपमा दर्ता भएर आफ्नो कार्य शुभारम्भ गरेको थियो ।