कृष्ण ढकाल
बर्दघाट,असाेज-३०
पारिजात सामुदायिक वन उपभोक्ता समूह बर्दघाट-४ बर्दघाटकाे २७ ओैं वार्षिक साधारणसभा समम्पन्न भएकाे छ ।
समुहका अध्यक्ष कमानसिंह थापाकाे अध्यक्षता र सिनियर डिभिजन वन अधिकृत राजु क्षेत्रीकाे प्रमुख आतिथ्यतामा भएकाे सभामा समुहका अध्यक्ष ,काेषाध्यक्ष , सचिव र लेखा समितिप्रतिवेदन प्रस्तुत हुनुका साथै सर्बसम्वतरुपमा पारित भएकाे छ ।
त्यसैगरी सभामा अनुगमन तथा मुल्यांकन र स्राेत ब्यवस्थापन समितकाे प्रतिवेदन समेत प्रस्तुत भएकाे थियाे ।
त्रिवेणी चाेक नजिकै रहेकाे बाैध्द गुम्वाकाे सभाहलमा भएकाे सभामा बाेल्दै समुहका अध्यक्ष थापाले समूहले गर्ने कुनैपनि कामहरु पारदर्शी रहेकाे बताउदै आगामी दिनमा समितिका सबै बैठककाे निर्णयहरु सार्वजनिक गर्ने कार्यकाे शुरुवात गर्ने प्रतिवध्यता समेत गर्नु भयकाे छ ।
अहिलेसम्म संस्थाले गरेका काम र आगामी दिनका गर्नु पर्ने कामका वारेमा फेरिस्त प्रस्तुगर्दै सबैकाम गर्न सबैकाे सहयाेग अपिहार्य रहेकाेमा जाेडदिनु भएकाे थियाे ।
साेहि कार्यक्रममा बाेल्दै सिनियर डिभिजन वन अधिकृत राजु क्षेत्रीले वनकाे महत्त्व र त्यसकाे उपयोगीतासँगै सामुदायिक वनकाे प्रभावकारीताका वारेमा प्रकाश पार्नु भएकाे थियाे ।
पश्चिम नवलपरासी जिल्लामा ६१ वटा सामुदायिक वन समूह रहेकाेमा अहिले सम्म १४ वटा सामुदायिक वनहरुले बेलैमा वार्षिक साधारणसभा सम्पन्न गरेकाे र १३ वटामा आफुस्वयम सहभागी भयकाे बताउनु भयाे ।
आज भएकाे पारिजात सामुदायिक वनकाे वार्षिक साधारणसभामा प्रमुख अतिथिकाे मन्तब्य राख्दै वन समुहहरु जवाफदेही हुनु पर्ने ,सृजनात्मक काम गर्नु पर्ने र वेवसाईट बनाउन र चलाउन तिर ध्यानाकर्षण गराउनु भयकाे थियाे ।
वन समुहहरुले कमाईकाे ४०प्रतिशत वन विकासमा खर्च
गर्ने देखि प्रर्या पर्यटन कार्यविधि मा रहेर स्वीकृति लियर काम गर्नकालागी निर्देशन समेत दिनु भयाे ।
फरक प्रसंगमा सरकार र वन समुहहरु विच समन्वय ,सहकार्य र सहअस्तित्व भयनकी जस्ताे भान भएकाे धारणाा राख्नु भएकाे थियाे ।
समुहका उपाध्यक्ष राजबहादुर पाण्डेकाे स्वागत मन्तब्यबाट शुरु भएकाे कार्यक्रममा बर्दघाट नगरपालिकाका वन तथा वातावरण फाेकलप्रशन कृष्ण थापा क्षेत्रीले पर्यापर्याटनका वारेमा नितिगत छलफल गर्न जरुरी बताउनु भएकाे थियाे । त्यसैगरी बर्दघाट चुरे उधानमा भैरहेकाे कामलाई नितिगत रुपमा पछि असर नगर्ने गरि काम गर्न त्याे वन चुरेवन हाे कि ? सामुदायिक वन ? किलियर भएर वनका नारालाई स्थानियकरण गर्न सके मात्र पर्या पर्यटन र वन विकास सम्भव रहने धारणा ब्यक्तगर्नु भयकाे थियाे । थापाले नगरकाे गाैरवकाेआयाेजनाका रुमा रहेकाे फाेहर प्रसाेधन केन्द्रकाे जग्गा प्रप्तिका विषयमा समेत चासाे ब्यक्दगर्दै फाईल अघिबढाउन सिनियर डिभिजन वन अधिकृतलाई आग्रह गर्नु भयकाे थियाे ।
समुहकी सचिब दिलकुमारी कुवँरकाे सञ्चालन रहेकाे सभामा राजनितिक दलका नगरस्तरका नेताहरु देखि बिभन्न समाजिक संघ संस्थाका ब्यक्तिहरुले आ-आफ्नो धारणा ब्यक्त गरेका थिए ।
सभामा बर्दघाट श्रमहिल पार्ककाे “गरे के हुदैन “अभियानका मिसन सुहाङ्ग मगरकाे समूह र बर्दघाट चुरे उधानकी लक्ष्मी बर्ताैलाकाे समूहलाई सम्मान सहित श्रम गर्न ओैजार समेत प्रदान गरिएकाे थियाे ।
यस्तै समुहका वन संरक्षक गणेश हमाल,बर्दघाट नगरपालिकाका सर्प उद्धार कर्ता दुर्गा लामिछाने,समुहका अग्नि नियन्त्रकहरु र शैशिक सत्र २०८१ का उत्कृष्ट ३ बिधार्थीहरुलाई नगद सहित सम्मानित गरिएकाे थियाे ।