Jilla Ban Notis

बर्दघाट वडा नं. ५ लाई बालमैत्री वडा बनाउने निर्णय

0 16

कृष्ण ढकाल
बर्दघाट,चैत्र–४

बालमैत्री नगरपालिका बनाउने योजना सहित अघिबढेको बर्दघाट नगरपालिकाले यस बर्ष वडा नं. ५ लाई बालमैत्री वडा बनाउने गर्ने निर्णय गरेको छ । बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षतामा आज बसेको बालमैत्री स्थानीय शासन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बर्दघाट नगरलाई बालमैत्री बनाउन नगरका जनप्रतिनिधि,कर्मचारी,गैरसरकारी संस्था,सामाजिक संघ–संस्था,पत्रकार ,स्वास्थ्यकर्मी,प्रहरी लगाएतका सरोकारवालाहरु समाहित बालमैत्री स्थानीय शासन समितिको बैठकमा अहिले सम्म नगरले बालमैत्रीका सवालमा गरेका काम र त्यसको प्रभावकारीताका वारेमा नगरका बालमैत्री फोकल प्रसन तथा स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवालीले जानकारी गराउनु भएको थियो ।
२०७७ साल देखि बर्दघाट नगरलाई बालमैत्री नगर बनाउने तयारी थालिए पनि कोरोना लगाएतका कारणले प्रभावित हुदै आएको थियो । तात्कालीन समयमा ४१ वटा सुचकहरु पुरा गरेर बालमैत्री वडा घोषणा गर्न सकिने अवस्था रहेको भएपनि अहिले ५१ वटा सुचकहरु पुरा गरेपछि मात्र बालमैत्री वडा घोषणा गर्न पाईने हुन्छ ।

बर्दघाट नगरपालिकामा अहिले सम्म वडा नं. ९ मात्र बालमैत्री वडा घोषणा गरीएको र नगरका १५ वटा वडाहरु बालमैत्री बनाउन क्रमशः काम भैरहेको बालमैत्री फोकल प्रसन माधव ज्ञवालीले बैठकमा जानकारी गराउनु भएको थियो ।

आज भएको सरोकारवालाहरुको बैठकमा बोल्दै नगर प्रमुख श्रेष्ठले अहिले सम्म जे जस्तो भएपनि अब नगरलाई बालमैत्री नगर घोषणा गर्न सबै एक भएर लाग्न आग्रह गर्नु भएको थियो । उहाँले अहिले नगर र वडाको बजेटले ५ नं. वडालाई बालमैत्री बडा घोषणा गर्ने गरी सबै सुचाङ्कहरु पुरा गर्न तर्फ लाग्न निर्देशन गर्नु भएको थियो। त्यसैगरी आगामि बजेटमा बालमैत्रीका लागि उचीत बजेटको ब्यवस्था गर्ने प्रतिवद्धता समेत जाहेर गर्नु भएको थियो ।

बैठकमा शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख लोकराज पन्थी,वडा नं. ५ की वडाध्यक्ष बिमला गुरुङ, माकर स्वास्थ्य चौकीका ईन्र्चाज रितमान श्रेष्ठ,सामुदायिक विद्यालय महासंघका रमेश बस्याल लगाएतले बालमैत्री वडा घोषणा गर्न गर्नुपर्ने सबै सुचकहरु पुरा गर्न आफुहरु कटिबद्ध रहेको बताउनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.