Jilla Ban Notis

लागु औषध दुब्र्यसन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

0 39

कृष्ण ढकाल
बर्दघाट,चैत्र–३
लायन्स क्लब अफ नवलपरासी दाउन्नेले लागु औषध दुब्र्यसन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ। बर्दघाट–१० मा रहेको ज्ञानज्योती माबिका बिधार्थीहरुलाई लागु औषध दुब्र्यसन विरुद्धको सचेतना सम्बन्धि जानकारी ईलाका प्रहरी कार्यालय बर्दघाट असई युवराज ज्ञवालीले गराउनु भएको थियो ।

लायन्स क्लब अफ नवलपरासी दाउन्नेको आयोजना र ईलाका प्रहरी कार्यालय बर्दघाटको सहकार्यमा भएको उक्त कार्यक्रम ए.ओ.जी.डिष्टिक ३२५ पि. नेपालका युवराज डुम्रेको प्रमुख आतिथ्यता रहेको थियो ।

क्लबका अध्यक्ष रमेश कुमार श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा विधालय ब्यवस्थापन समितिका अध्यक्ष ओम प्रसाद पाण्डे,प्र.अ. नरनाथ लामिछाने लगाएतको सहभागिता रहेको थियो । लागु औषध दुब्र्यसन विरुद्धको सचेतना सम्बन्धि जानकारी दिने कार्यक्रममा कक्षा ७,८ ९ र १० का बिद्यार्थीहरुको सहभागिता रहेको थियी भने कार्यक्रमको सञ्चालन सचिव अर्जुन पौडेलले गर्नु भएके थियो।

Leave A Reply

Your email address will not be published.