Jilla Ban Notis

बर्दघाट प्रज्ञा प्रतिष्ठानको छैटौं साहित्यिक घुम्ति कार्यक्रम सम्पन्न ।

0 38

कृष्ण ढकाल
बर्दघाट,फागुन–२८
बर्दघाट प्रज्ञा प्रतिष्ठानको साहित्यिक घुम्ति कार्यक्रम आज बर्दघाट–१२,जहदामा सम्पन्न भएको छ । बर्दघाट प्रज्ञा प्रतिष्ठानको आयोजना र जहदा सामुदायिक पुस्तकालयको सहकार्यमा साहित्यिक, साङ्गीतिक तथा साँस्कृतिक घुम्ति कार्यक्रमको छैंठौं संस्करण सम्पन्न भएको हो ।

प्रतिष्ठानका साँस्कृतिक बिभाग संयोजक एवं कार्यक्रमका संयोजक दिपप्रकाश लोहनीको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर उप–प्रमुख एवं बर्दघाट प्रज्ञा प्रतिष्ठानका संरक्षक रुद्रप्रकाश उपाध्यायको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य कुस्माकर ढकालको सञ्चालन र परिषद सदस्य जिवनाथ पौडेलको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बर्दघाट नगर प्रवक्ता सन्तु गाहा,सामाजिक विकास समितिका संयोजक भिमकाजी गुरुङ,प्रज्ञा प्रतिष्ठानका कुलपति डा.घनश्याम न्यौपाने,उपकुलपति टिकाबहादुर पहारी ,जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष सुरज के.सी. लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रममा विनोद चौधरी ,कृति सेन ठकुरी,अञ्जली रौनियार,होम कुमारी चौधरी,डोल कुमारी चौधरी,टोप बहादुर सेन ठकुरी,विद्या थारु रञ्जना थारु प्रियङ्का हरिजन लगाएतले आ–आफ्नो रचना तथा प्रतिभा प्रस्तुत गर्नु भएको थियो ।
बर्दघाट नगरको भाषा,साहित्य,कला,संगित र संस्कृतिको संरक्षण गर्नका लागि स्थापना गरिएको बर्दघाट प्रज्ञा प्रतिष्ठानले नगरका प्रतिभाहरुको पहिचान गर्न र उनीहरुका लागि प्रतिभा प्रस्फुटन गर्ने स्थान प्रदान गर्नका लागि नगरका सबै वडाहरुलाई लक्षीत गरी सञ्चालन गर्दै आएको घुम्ति कार्यक्रम यसपटक जहदामा गरीएको थियो।

त्यसैगरी सोही कार्यक्रममा बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा.घनश्याम न्यौपानले जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका लागि प्रतिष्ठानको तर्फबाट अध्यक्ष सुरज के.सी.र सह–सचिव मुरली कृष्ण खनाललाई पुस्तकहरु हस्तान्त्रण समेत गर्नु भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.