Garamin sakos

थारुजातीको संस्कृतिलाई ब्यवसायिक बनाउन जरुरी छ ः नगर प्रमुख श्रेष्ठ

70

माधब प्रसाद घिमिरे
बर्दघाट ,फाल्गुन–२५
शिव शक्ति युबा क्लब बर्दघाट–११ गैडाहाले २५ औं शिब रात्रि मेला बिभिन्न कार्यक्रम गरि सप्पन्न गरेको छ । शिवरात्री पर्व मनाउने क्रममा थारु सास्कृतिकको झम्टा नाच, लाठी नाच लगाएतका कार्यक्रमहरु गरी पर्व मनाएको थियो ।
शिव शक्ति युबा क्लबका अध्यक्ष फरेद्र चौधरीको अध्यक्षता र बर्दघाट नगरप्रमुख शभुलाल श्रेष्ठको प्रमुखआतिथ्यतामा उक्त कार्यक्रम समपन्न् गरीएको थियो । शिवरात्री पर्वका अवसरमा आयोजना गरीएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले थारुजातीको सास्कृतिक भल्काउने झम्टा नाच र लाठी नाचलाईलाई आधुनिक करण गर्न आबस्यक रहेको बताउनु भएको थियो । उहाले त्यसलाई अब आर्थिकसंग पनि जोडेर अघिबढ्न जरुरी रहेको उहाँको भनाई थियो । परापुर्ब काल देखि चलेको संकृतिलार्इ अहिले शिव शक्ति युबाले जोगाउन महत्त्व पुर्ण भुमिका खेलेको प्रति धनयवाद प्रकटगर्दै संस्कृतिलाई ब्यवसायिक रुपमा बढाउन सुझाब दिनु भएको थियो ।

सोही कार्यक्रमका विषेश अतिथि बर्दघाट नगरपालिका वडा नं. ११ का निर्वमान वडा अध्यक्ष तिर्थराज फौजदारले शिव शक्ति युबा क्ल्बले संस्कार रसंस्कृति जोगाउने खालका कार्यक्रमहरु निरन्तर गर्न जरुरी रहेकोमा जोड दिनु भएके थियो । युवापुस्ताले संस्कार र संस्कुति विषेमा नयाँ पुस्ताले ईतिास विर्सन सक्ने भएकाले यसप्रकारका कामहरु गरीरहनु पर्ने फौजदारको भनाई रहेको थियो ।

कार्यक्रममा गैडाहा टोल बिकास समितिका अध्यक्ष तोपलाल चौधरी, थारु काल्यकारी जिल्ला सल्हाकार नन्दु कुमारी चौधरी ,पशुपती चौधरी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सन्चालन डोल्मा चौधरी गर्नु भएको थियो ।