Jilla Ban Notis

बर्दघाट व्यापार मेलाको स्वरुप परिवर्तन गर्न माग गर्दै नगर प्रमुखलाई ज्ञापन पत्र

0 19

कृष्ण ढकाल
बर्दघाट,फागुन–२२

बर्दघाटमा सञ्चालन हुनलागेको सातौँ कृषि पर्यटन, उद्योग तथा व्यापार मेलाको स्वरुप परिवर्तन गर्न माग गर्दै आज फेरी बर्दघाटका ब्यापारीहरुले बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ समक्ष ज्ञापन पत्र बुझाएका छन ।

बर्दघाट उद्योग वाणिज्य संघले बर्दघाट–४, हिरयाली नगरमा सञ्चालन गर्न लागेको मेला अहिले रोकिएपनि आगामी चैत्र २३ गते देखि मेला सञ्चालन गर्नेगरी नगरपालिकाले सहमति दिन लागेकाले उक्त मेलाको स्वरुप परिर्वतन गर्न उनीहरुले माग गरेका छन ।

आज नगर प्रमुखलाई बुझाएको १५ बुंधे ज्ञापन पत्रमा स्थानिय ब्यापारीहरुलाई निःशुल्क स्टरल उपलब्ध गराउने देखि टिकट शुल्क बढीमा ४० रुपैया सम्म बनाउने सम्मका मागहरु अघि सारेका छन । त्यसैगरी मेला अवधिभर एकै दरको टिकटको प्रयोग गर्ने, मेला सकिएको ५ दिन भित्र हिसाव किताव सार्वजनीक गर्ने सम्मका मागहरु रहेका छन ।

त्यसैगरी मेलाको विषयमा सामुहिक भेलबाट निर्णय हुनुपर्ने, मेलाको ठेक्का प्रक्रिया सार्वजनिक खरिद ऐन अनुसार हुनपर्ने, सुर्तिजन्य पदार्थको विक्रि वितरणमा रोक लगाउनुका साथै जुवासँग सम्बन्धित कुनै पनि खेल खेलाउन पुर्ण रुपमा बन्देज लगाउनुपर्ने माग उनीहरुको रहेको छ ।

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख श्रेष्ठले उद्योग वाणिज्य संघका पदाधिकारीहरु र ज्ञापन पत्र बुझाउने दुबैपक्षको संयुक्त छलफल पछि मेला सञ्चालन गरीने जानकारी गराउनु भएको थियो । यता बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले भने नगरपालिकाले अनुमति दिएपछि अनुमति अनुसार नै मेला सञ्चालन हुने बताउनु भएको छ ।

बर्दघाटको मेलाका बारेमा बर्दघाटका ब्यापारी नगेन्द्र पन्थीले  सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया दिनु भएको छ।

मेलामा गेट प्रवेश पास हुनु हुँदैन ,सबैलाई टिकट अनिवार्य , चाहे आयोजक होश,अतिथिहोश ,भी.आई.पी. होस, आम सर्वसाधरण नागरीकहरुलाई मात्र किन प्रवेश शुल्क, जबकि आम सर्वसाधरण नागरीकनआउने हो भने यो मेला चल्छ / सकिन्छ भने सबैलाई निःशुल्क गर्नु पर्दछ सकिँदैन खर्च उठ्दैन भने २०/- २५/- गरी सबैलाई अनिवार्य गरौं

Leave A Reply

Your email address will not be published.