Jilla Ban Notis

बर्दघाट नगरमा पहिलो दिन ४ हजार ६ सय ८९ जना बालबालिकाहरुले खोप लगाए

0 59

कृष्ण ढकाल
बर्दघाट,फागुन–२२
सन २०२६ सम्ममा नेपालमा दादुरा रुबेला रोग निवारण गर्ने गरि राज्यले शुरु गरेको खोप अभियान अन्र्तगत फागुन २१ गतेबाट नवलपरासीको बर्दघाट नगरमा पनि खोप अभियान सञ्चालन भैरहेको छ। नगरका  विद्यालयहरुमा सञ्चालन भैरहेको खोप अभियानमा पहिलो दिन अर्थात फागुन २१ गते ४ हजार ६ सय ८९ जना बालबालिकाहरुले खोप लगाएको बर्दघाट नगरपालिका स्वास्थ्य शाखाका प्रमुख माधव ज्ञवालीले बताउनु भएको छ ।
बर्दघाट नगरका १९ हजार बढी बालबालिकाहरुलाई दादुरा रुबेला रोग निवारण खोप लगाउने लक्ष्य अनुसार पहिलो दिन २ हजार ३ सय १७ जना महिला र २ हजार ३ सय ७२ जना पुरुषलाई खोप लगाईएको ज्ञवालीले गाउँले दर्पण अनलाइलाई जानकारी दिनु भएको छ ।

पश्चिम नवलपरासी जिल्लामा १ लाख ५ हजार ४ सय ५९ बालबालिकालाई खोप लगाउने तयारी गरीरहदा बर्दघाट नगरका कोहि पनि बालबालिकाहरु खोप लगाउनबाट बञ्चीत नहोन ,सबैले सहज र सरल पहुँचमा खोप लगाउन पाउन भन्ने उद्धेश्यले नगर प्रमुख शम्भुलाल श्रेष्ठले खोप केन्द्रहरुमा भैरहेका कार्य सम्पादनका वारेमा अनुगमन समेत गर्नु भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.