Jilla Ban Notis

दुग्ध किसानलाई क्रिम काट्ने मेसिन हस्तान्तरण

0 53

 

बर्दघाट,फागुन–२१

बर्दघाट नगरपालिकाले किसानको सहजताका लागि क्रिम काट्ने मेसिन उपलब्ध गराएको छ ।पछिल्लो समय दूध को मूल्य र बजारीकरणमा समस्या आईरहदा नगरपालिकाले किसानका लागि क्रिम बनाउने मेसिन दिएको छ ।

बर्दघाटको जिमिरेभारमा रहेको शुलभ वाल्मीकि सहकारीलाई उक्त मेसिन हस्तान्तरण गरिएको हो ।अहिले यहाँ का डेरी तथा दुग्ध सहकारीले बजारीकरणको समस्या देखाउदै दूध खरिद गर्न छाडेपछि किसान सडकमै दूध पोख्न बाध्य भएकाले कृम काट्ने मेसिन दिईएको नगरपालिकाले जनाएको छ ।ूक्रिम बनाउने मेसिनले केही किसानलाई थोरै भएपनी राहत होस ।थोरै किसानको भएपनि लागत उठोस भन्ने उदेश्यले मेसिन दिएका हौूनगरप्रमुख शम्भुलाल श्रेष्ठले भन्नू भयो ।

उक्त मेसिनले एक घण्टामा ५ सय ५० लिटर दुधको कृम काट्ने क्षमता रहेको पशु शाखा प्रमुख भरत लम्सालले जानकारी दिनुभयो ।यसै गरि पन्चनगरमा रहेको मधुबन सहकारीको चिस्यान केन्द्र निर्माणका लागि सात लाख रुपैयाँ अनुदान दिन लागिएको लम्सालले बताउनु भयो ।

दुग्धजन्य पदार्थको बैकल्पिक प्रर्योग गरि कृषकहरुको राहतका लागि अन्य उपायहरुको अपनाउनु पर्ने नगरप्रमुख श्रेष्ठले बताउनु भयो ।ूएकै पटक सम्भव छैन,क्रमिक रुपमा सबै किसानहरुलाई दुधको बैकल्पिक प्रयोगकालागि उपकरणहरु उपलब्ध गराईदै लगिने नगरप्रमुख श्रेष्ठले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.