Jilla Ban Notis

दुग्ध उत्पादक किसानहरुको समस्या समाधानगर्न नगर प्रमुखद्धारा अर्थमन्त्रीलाई ज्ञापन पत्र

0 68

कृष्ण ढकाल
फागुन–१७
पश्चिम नवलपरासीको बर्दघाट नगरका दुग्ध उत्पादक किसानहरुले उत्पादन गरेको दुधले बजार र मुल्य नपाएको समस्या र मागका बिषयमा बर्दघाट नगरपालिकाले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएको छ ।
किसानहरुले उत्पादन गरेको दुधको बजारीकरणमा भैरहेको समस्या र नियमित भुक्तानिमा झेल्नु परेको समस्याले किसानहरु सडकमा दुध पोख्ने र सडक जामगर्ने गरी आन्दोलित भएका छन ।
किसानको समस्या समाधानका लागि बर्दघाट नगरले नवलपरासी आउनु भएका अर्थमन्त्री डा.महतलाइ भेटेरै दुग्ध उत्पादक कृषकका माग र समस्यामा बिषयमा नगरप्रमुख शम्भुलाल श्रेष्ठले ज्ञापन पत्र बुझाउनु भएको छ । ज्ञापन पत्र बुझ्दै अर्थमन्त्री महतले सरकार मातहत रहेका सस्थानहरुलाई ऋण लगानी गरेर किसानको भुक्तानीका लागि प्रक्रिया अघि बढाईने बताउनु भयो । उहाँले निजि डेरी खरिद कर्ताहरुबाट समेत बजारिकरण र भुक्तानीको बाताबरण तयार गर्नका लागि सराकार लागि परेको मन्त्री महतको भनाई रहेको छ ।

Leave A Reply

Your email address will not be published.