Jilla Ban Notis

रामग्राम जेसीज “हन्ड्रेड प्रसेन्ट ईफिसेन्सी अवार्ड”बाट सम्मानित

0 21

परासी, १३ फागुन
युवाहरुको नेतृत्व, व्यक्तित्व र उद्यमशीलता विकासमा क्रियाशील अग्रणी संस्था रामग्राम जेसीज नेपाल जेसीजबाट सम्मानीत भएको छ । शाखाले गरेको उत्कृष्ट गतिविधिलाई मूल्यांकन गर्दै नेपाल जेसीजले “हन्ड्रेड प्रसेन्ट ईफिसेन्सी अवार्ड फर दी मन्थ अफ जनवरी” अवार्डबाट सम्मान गरेको हो ।
नेपाल जेसीजको आयोजनामा यही फागुन ११ र १२ गते चितवनको सौराहामा आयोजित नेशनल काउन्सिलर एकेडेमी २०२४ को उद्घाटन समारोहमा उक्त अवार्ड प्रदान गरिएको थियो । नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय अध्यक्ष सिनेटर रविन पोखरेलले रामग्राम जेसीज वर्ष २०२४ का अध्यक्ष मोहन पौडेललाई उक्त अवार्ड प्रदान गर्नुभएको हो ।
उक्त अवसरमा रामग्राम जेसीजसहित क्षेत्र घ का लागि निरुपित नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सिनेटर सन्दिप अग्रहरी, राष्ट्रिय उपाध्यक्ष गणेश सापकोटासहित क्षेत्र घ का लागि निरुपित राष्ट्रिय उपाध्यक्षहरु राजन शर्मा पौडेल, सिता भण्डारी लगायतको पनि सहभागिता थियो ।
रामग्राम जेसीजलाई नेतृत्व गरेको पहिलो महिनामै नेपाल जेसीजबाट अवार्ड प्राप्त गर्न सफल भएको रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेलले बताउनुभयो । अवार्ड प्राप्त गर्न सहयोग गर्ने शाखाका सम्पूर्ण पदाधिकारी, सदस्य एवं सम्पूर्ण पूर्व अध्यक्षहरुप्रति आभार व्यक्त गर्दै अध्यक्ष पौडेलले नेपाल जेसीज परिवारलाइ पनि धन्यवाद व्यक्त गर्नुभएको छ ।
नेपाल जेसीजका अध्यक्ष पोखरेलले सन् २०२४ मा नेपालभरका जेसीज शाखाहरुलाई व्यवस्थित र एकरुपता प्रदान गर्न हन्डे«ड प्रशेन्ट ईफिसेन्सी प्रोग्रामको टास्क प्रदान गरि उत्कृष्ट हुने शाखाहरुलाई पुरस्कृत गर्ने योजना अनुसार रामग्राम जेसीजले जनवरी महिनाका सम्पूर्ण टास्क तोकिएकै अवधिमा पूरा गरेको थियो ।

Leave A Reply

Your email address will not be published.