Jilla Ban Notis

बर्दघाट आधारभुत स्वास्थ्य सेवा केन्द्रमा निःशुल्क प्रयोगशाला सेवा शुरु

0 39

माधब घिमिरे

फाल्गुन ९

बर्दघाट नगरपालिका वडा नम्बर ४ मा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्रकाे भवन तथा प्रयोगशाला सेवा उद्घाटन गरिएको छ । बुधबार बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले भवन तथा प्रयोगशाला सेवा उद्घाटन गर्नुभएको हो ।

भवन तथा प्रयोगशाला सेवा उद्घाटन कार्यक्रममा बाेल्दै बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले केन्द्रले निःशुल्क प्रयोगशाला सेवा प्रदान गरेकाले निःशुल्क सेवा लिन सबैमा आग्रह गर्नुभयो ।

नगर उप प्रमुख रुद्रप्रकाश उपाध्यायले बर्दघाटको सबै भन्दा बढी जनसंख्या भएको वडा ४ नम्बर वडा भएकाले प्रयोगशाला सेवा बारे नागरिकहरुलाई जानकारी गराउन र धेरै भन्दा धेरै सेवा दिन कर्मचारीहरुलाई अाग्ह गनुर् भएको थियो ।

त्यस्तै बर्दघाट गनरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बेदविना तिवारीले केन्द्रबाट गुणस्तरिय सेवा प्रदान गर्नको लागि आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रयोगशालाबाट खकार, दिशा, पिसाब लगायतका २२ प्रकारका परिक्षणहरु निःशुल्क सेवा प्रदान गरिने केन्द्रकी प्रमुख जनस्वास्थ्य निरिक्षक सुदिपा शर्माले जानकारी दिनुभयो । त्यस्तै केन्द्रले सम्पुर्ण खोप सेवा, पोषण सेवा, आइरन चक्की, जुकाको औषधि लगायतको सेवा प्रदान गर्दै आएको शर्माले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा बर्दघाट नगरपालिका कार्यपालिका सदस्य तथा केन्द्रकी सन्चालन समिती उपाध्यक्ष मन्जु चालिसेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.