Jilla Ban Notis

साबुन सर्फ बनाउने तालिम सम्पन्न ।

0 95

माधबप्रसाद घिमिरे
बर्दघाट,फागुन–८
बर्दघाट –२,चिसापानीमा रहेको दिब्य शक्ति आमा समूहको आयोजनामा दशदिने साबुन सर्फ बनाउने तालिम मंगलवार सम्पन्न भएको छ ।
बर्दघाट नगरपालिका वार्ड नम्बर २ को आर्थिक सहयोगमा संचालित तालीममा आमा समुहका ३५ जनाको सहभागीता रहेको थियो । तालीमको सहजीकरण भेष बहादुर थापा र निरु पुनले गर्नु भएको थियो ।

तालीमको समापन समुहकी अध्यक्ष शान्ती पोखरेलको अध्यक्षता र जिल्ला समन्वय समिति सदस्य धनिराम चौधरीको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले स्थानीय सरकारले महिलाहरुलाइ आत्मनिर्भर र ब्यवसाहिक बनाउन रकम बिनियोजन गरेकोमा धन्यवाद व्यक्त गर्दै सहभागिहरुले तालीममा सिकेको सीपलाई ब्यवहारमा लागूगर्नु पर्ने बताउनु भयो।
सोही कार्यक्रमका बिषेश अतिथी बर्दघाट २ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रिले वडाले यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको र यो तालिम प्रभाकारी भएको बताउदै तालीमका सहभागी सक्रिय भयर ब्यवसाहिक बनेमा स्थानीय सरकारले अझै थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।
सो अवसरमा कार्यपालिका सदस्य प्रेम भुजेल , लक्ष्मि पाण्डेय ,सरु बराल,प्रशिक्षक भेष बहादुर थापा बर्दघाट टेक्निकल ईन्स्टिच्युट प्रा लि का प्रवन्ध निर्देशक यशोदा पाण्डेय, निर्देशक पारस मणि पाण्डेय,जानकी पौडेल, लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
बर्दघाट टेक्निकल ईन्स्टिच्युट प्रा लि बर्दघाट -४ को सहजीकरणमा १० दिन सम्म सन्चालन भएको थियो। समुहकी पुर्व सचीव पार्वती पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन सचीव अन्जु पौडेल बस्नेत  गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.