Jilla Ban Notis

ब्यापार मेलाको आम्दानीले ब्यवसायिक विमा र विपत कोष खडागछौं ः अध्यक्ष न्यौपाने

0 172

कृष्ण ढकाल

बर्दघाट,फागुन–७

बर्दघाट उद्योग बाणिज्य संघले यहि फागुन १७ गते देखि २९ गते सम्म सातौं कृषि, पर्यटन, सस्कृती तथा औद्योगिक ब्यापार मेला २०८० सञ्चालन गर्ने भएको छ।

बर्दघाट–४, हरियाली नगरमा रहेको बर्दघाट मण्डपमा मेला सञ्चालन गर्नेगरी जिल्ला प्रशासन र नगरपालिकाबाट अनुमति लिएको र सम्बन्धित सामुदायिक वनसंग समन्वय गरि अघिबढेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।

बर्दघाट उद्योग बाणिज्य संघले आज आफ्नै सभाहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष लेखनाथ न्यौपानेले मेला सञ्चालनबाट आएको आम्दानिले आफ्ना सदस्यहरुको हितका लागि एक लाख बराबरको ब्यवसायिक विमा गर्ने , ब्यवसायिक विपत कोष खडागर्ने र ब्यवसायिहरुका लागि उचित तालिम प्रदान गर्न खर्च गर्ने योजना अनुसार मेला सञ्चालन गर्न लागिएको बताउनु भएको थियो । त्यसैगरी बर्दघाट नगरबाट प्राप्त हुने सबै रकमलाई सोझै ब्यवसायिक विपत कोषमा जम्मा गर्ने अध्यक्ष न्यौपानेले पत्रकार सम्मेलनमा बताउनु भएको छ ।

मेला सञ्चालनका क्रममा ७५ लाख खर्च र २० लाख बचत गर्ने लक्ष्य लिए पनि ४ करोड रुपैया बराबरको टोटल आर्थिक कारोबार हुने अनुमान आफुहरुले गरेको पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको थियो । कृषि, पर्यटन, उद्योग र ब्यापार समृद्ध बर्दघाटको बलियो आधार भन्ने मुल नाराका साथ सञ्चालन हुने उक्त मेलामा एक लाख ५० हजार दर्शकले अबलोकन गर्ने आयोजकले जनाएको छ ।

मेलाले स्थानीय उत्पादनको बजार प्रबर्द्धन र बिस्तारमा महत्वपूर्ण भुमिका खेल्ने भएकाले मेलामा कृषि, हस्तकला र घरेलु उत्पादनलाई निःशुल्क स्टलको ब्यवस्था गरीएको बर्दघाट उद्योग वाणीज्य संघका महासचिव गंगा पाठकले बताउनु भएको छ । बर्दघाट नगरका फेन्सी पसलहरुलाई फाल्गुन १२ गतेसम्म स्टल बुक गर्दा ५० प्रतिशत छुट दिनेगरी २ सय ५० स्टल निमार्ण गरीने महासचिव पाठकले जानकारी गराउनु भएको छ।

बिभिन्न २३ वटा उपसमिति बनाएर अघिबढेको मेलाआयोजक संस्था बर्दघाट उद्योग वाणीज्य संघले मेलामा दैनिक उपभोग्य बस्तु देखि साना तथा घरेलु उत्पादन, जडिबुटी तथा कृषि उत्पादन बैक बित्तीय सस्था, होटल तथा रेष्टुरेन्ट, बालउधान र स्थानीय एवं केन्द्रिय कलाकारहरुको प्रस्तुति रहने गरी कार्ययोजना तयार गरीएको संघका वरिष्ठ उपाध्यक्ष ताराप्रसाद गौतमले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.