Jilla Ban Notis

बिधुत ट्रान्सर्फमर चोरी

0 14

 

बर्दघाट,फागुन-१

पश्चिम् नवलपरासीका तिनवटा स्थानबाट बिधुत ट्रान्सर्फमर चोरी भएका छन् ।ट्रान्सर्फमर नै चोरी भएपछि स्थानीय समेत अचम्मित बनेका छन् ।  बर्दघाट नगरपालिका वडा नम्बर १२ मा रहेको कडरिमाई ड्युप बोरिङको बिधुत ट्रान्सर्फमर चोरी भएको छ ।पछिल्लो समय नवलपरासीमा विधुत ट्रान्सर्फमर चोरीका घटना बढ्न थालेका छन् ।

 

झन्डै दुई महिना अघि रातीको समयमा बर्दघाट १ मा रहेको डिप बोरिङ सञ्चालनका लागि जडान गरिएको ट्रान्सर्फमर चोरी भएको वडा नम्बर १ का अध्यक्ष सन्दीप सापकोटाले जानकारी दिनुभयो ।गहुँ र मकैका लागी सिचाई गर्ने बेलामा ट्रान्सर्फमर चोरी हुँदा किसानलाई समस्या भएको वडा अध्यक्ष सापकोटाले बताउनुभयो ।

 

उक्त क्षेत्रको सिचाइका लागि भूमिगत सिचाई आयोजना रुपन्देहीले उपलब्ध गराएको बजेटमा भूमिगत सिचाइका लागि बोरिङ निर्माण गरिएको थियो ।

 

यसै गरि सरावल ३ मा रहेको किसान पोल्ट्रीफर्म को ट्रान्सर्फमर समेत १५ दिन अघि चोरी भएको विधुत प्राधिकरण बर्दघाट वितरण केन्द्रले जनाएको छ ।ट्रान्सर्फमर भित्र रहेको तामाको क्वाईल महँगोमा बिक्री हुने हुँदा ट्रान्सर्फमर चोरी हुने गरेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.