Bardaghat Na pa

जनयुद्ध दिवसमा शुभकामना आदान प्रदान

44

बर्दघाट,फागुन –१
मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपरासीले बर्दघाट–४ दिब्यनगरमा एक कार्यक्रमकाे आयोजना गरेर २९ औं जनयुद्ध दिवस मनाएको छ ।

दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्रबहादुर थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्रबहादुर थापा, केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेय, सहसंयोजक गणेश बहादुर ढकाल र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटाले शुभकामना ब्यक्त गर्नुभएको थियो ।