Sarawal sit lahar Notis

शैक्षिक गुणस्तर सुधारका लागि अभियान चलाउँदै नवजीवन मा.वि

0 67

बर्दघाट, माघ २९
बर्दघाट ४ बाढिपिडितमा रहेको नवजीवन मावीले शैक्षिक गुणस्तर सुधार गरी विद्यार्थी आकर्षित गर्नका लागि विभिन्न अभियान संचालन गर्ने भएको छ । विद्यालयले सोमबार वडाका जनप्रतिनिधि, टोलविकास संस्थाका प्रतिनिधि, अभिभावक, पूर्व ब्यबस्थापन समितिका अध्यक्ष संगै सरोकारवाला संग छलफल कार्यक्रम गरेको छ ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष वेधवीना तिवारीले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्नका लागि वडा कार्यालयको तर्फबाट आवश्यक सहयोग रहने र यसमा सबै पक्षको सहकार्य हुनु आवश्यक रहेको बताउनुभएको थियो । कार्यपालिका सदस्य एवं विद्यालयका पूर्व ब्यबस्थापन समिति अध्यक्ष मञ्जु चालिसेले आफ्नो कार्यकालमा निकै मेहनत गरेर विद्यालयको भौतिक पुर्वाधार विकास संगै विद्यार्थी संख्यामा पनि बृद्धि गरेको बताउनुभएको थियो । उहाँले विद्यालयले संचालन गर्ने अभियानमा आफु हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । वडा सदस्य जनक रावलले विद्यालयमा विद्यार्थी संख्या बृद्धि गर्नका लागि शिक्षाको गुणस्तर बढाउन आवश्यक रहेको बताउँदै अब सामुदायिक विद्यालयमा भर्ना अभियानलाई सार्थक बनाउन आफैबाट सुरु गर्ने बताउनुभएको थियो ।

पहिला जनप्रतिनिधिहरुले आफ्ना बालबालिकालाई विद्यालयमा भर्ना गरे शिक्षक र कर्मचारीहरुले स्वतह भर्ना गर्ने बताउँदै आफुले आगामी शैक्षिक शत्रबाट सामुदायिक विद्यालयमै भर्ना गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भिम कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने सरोकारवालाहरुले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सबै एक भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको थियो । नवजीवन मावीमा भौतिक पुर्वाधार प¥याप्त भएकोले अव शिक्षाको गुणस्तर सुधारका लागि निरन्तर अभियान संचालन गर्न आवश्यक रहेकोमा कार्यक्रममा सहभागी सरोकारवालको जोड रहेको थियो ।

ब्यबस्थापन समिति अध्यक्ष कुंवरले आफुले विद्यालयमा कुनै राजनिति नगर्ने बताउँदै आफ्नो एक मात्र उद्देश्य विद्यालयको समग्र विकास रहेको बताउनुभयो । उहाँले विद्यालयले अव कार्ययोजना तयार गरी समुदाय स्तरमा विभिन्न कार्यक्रम संचालन गरी विद्यालय प्रति सबैको आकर्षण बढाउने प्रतिबद्धता जनाउनुभयो । प्रधानाध्यापक कमल अर्यालले आफु विद्यालयको प्रअ भएको धेरै समय नभएको बताउँदै विद्यालयमा आए देखीनै शैक्षिक गुणस्तरमा सुधार गर्न तर्फ तल्लिन रहेको बताउनुभयो । उहााले अव टोलविकास समिति मार्फत टोल शिक्षा समिति गठन गरेर काम गर्ने बताउनुभयो । आफ्नो एक मात्र शर्त विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्ने रहेको बताउँदै अर्यालले ढुक्क भएर आफ्ना बालबालिकाहरुलाई विद्यालयमा भर्ना गर्नका लागि आग्रह गर्दै विद्यार्थीको शैक्षिक भविश्यको जिम्मेवारी आफुले लिने बताउनुभयो ।

पहिलो चरणमा टोलविकास संस्था मार्फत टोल शिक्षा समिति गठन गर्ने, अभिभावकहरुसंग छलफल तथा अन्तरक्रिया गर्ने, विद्यालय प्रति विश्वासको बाताबरण तयार गर्ने, घरदैलो गर्ने बताईएको छ । अभिभावक र सरोकारवाला सबैको सुझाव र सल्लाह अनुसार आगामि दिनमा थप नयाँ कार्यक्रम संचालन गरिने प्रधानाध्यापक अर्यालले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.