Jilla Ban Notis

बर्दघाट प्रज्ञा प्रतिष्ठानद्धारा समकाे चर्चा

0 41

कृष्ण ढकाल
बर्दघाट,माघ-२४
र्दघाट प्रज्ञा प्रतिष्ठानले नेपाली साहित्यका नाट्यसम्राट बालकृष्ण समको १ सय २२ औं जन्मजयन्ती रचना वाचन गरेर मनाइएको छ ।
बर्दघाट साहित्य समाजको सहकार्यमा भएको रचनावाचन कार्यक्रममा साहित्यकार प्रदिप भट्टराई, रामहरी अधिकारी,
मुक्तिनाथ तिवारी, बाबुराम(गीरी) मुसाफिर, कुस्माकर ढकाल लगायतले रचना बाचन गर्नु भएको छ ।
रचनावाचक कार्यक्रममा बोल्दै नगरप्रमुख शम्भुलाल श्रेष्ठले सम राणा परिवारमा जन्मेर पनि साहित्यमार्फत जनचेतना फैल्याउने काम गर्नु भएको बताउनु भयो । कला साहित्य र भाषाको सरक्षणका लागी बर्दघाट नगरपालिकाले प्रज्ञा प्रतिष्ठान गठन गरेको बताउनु भयो ।

कार्यक्रममा साहित्यकर्मीहरुले बालकृष्ण समकाे जिवनी, समका नाटक र अन्य रचनाहरुका बिषयमा चर्चा गर्दै सम उदारबादी रहनुका साथै साहित्यका नवौं रसमा भाषण गर्न सक्ने र प्रखर वक्क कलाका धनी बर्दघाट प्रज्ञा प्रतिष्ठानका कला, भाषा र साहित्य बिभाग सयोजक हुमनाथ आचार्यले बताउनु भयो ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानका सदस्य कुस्माकर ढकालले संचालन, दिपप्रकाश लोहनीले स्वागत र हुमनाथ आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave A Reply

Your email address will not be published.