Jilla Ban Notis

सुनचाँदी ब्यवसायिहरुले सुरक्षाको माग गर्दै जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाए ।

0 42

कृष्ण ढकाल
बर्दघाट,माघ -२२
नवलपरासीका ब्यवासायीहरुले शान्ति र सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय नवलपरासीमा ज्ञापन पत्र बुझाएका छ्न ।
नवलपरासीका उद्योग बाणिज्य संघ, सुनचाँदी ब्यवसायी नवलपरासी उद्योग बाणिज्य संघ बर्दघाट, सुनवल उधोग बाणिज्य संघलगायतकाले सयुक्त रुपमा निमित्त प्रमुख जिल्ला जिल्ला अधिकारी प्रकाश देवकोटालाई ज्ञापन पत्र बुझाएका छ्न ।
ज्ञापन पत्र बुझाउदै ब्यवसायीहरुले पछिल्लो केहि घटनाहरुले जिल्लाको शान्ति सुरक्षाको स्थिति बिग्रीएको बताउदै ब्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन । सुनचाँदी व्यवसायी संघ पश्चिम नवलपरासीका अध्यक्ष अर्जुन सुनारले पछिल्लो समय सुनचाँदी व्यवसायीहरु असुरक्षित हुने घटना बढेको र जिल्ला प्रशासनलाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन नसकेको बताउनुभयो ।

ब्यवसायीहरुको ज्ञापन पत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी देवकोटाले ब्यवसायीहरुको सुरक्षाका लागी प्रशासन तमतायार रहेको बताउनु भयो । घटनाको थप अनुसन्धान भइरहेको बताउदै उहाले जिल्लाको शान्ति शुरक्षाकायम गरीने बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्यले अनुसन्धान जारी रहेको बताउदै छिट्टै गोली प्रहार गर्ने समुह नियन्त्रणमा आउने दाबि गर्नुभयो । आचार्यले प्रहरीको प्राविधिक सहितको टोली मार्फत थप अनुसन्धानको काम सुरु भइरहेको जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.