Jilla Ban Notis

नारायणगढ–बुटवल सडक खण्डको निमार्णकार्य ढिलासुस्ती गरेपछि बर्दघाटका स्थानिय आक्रोस

0 86

कृष्ण ढकाल

बर्दघाट,माघ–२१
एशियाली मापदण्डको राजमार्ग बनाउने गरी शुरु गरीएको नारायणगढ–बुटवल सडक खण्डको निमार्णकार्य समयमा सम्पन्न गर्न नसकि ढिलासुस्ती गरेपछि बर्दघाटका स्थानिय सरोकारवालाहरुले आक्रोस ब्यक्त गरेका छन् ।
बर्दघाट प्रेस क्लबको आयोजना ,बर्दघाट खानेपानी र बर्दघाट उद्योग बाणीज्य संघको समन्वयमा राजमार्ग निमार्णमा भएको ढिलासुस्ती र यसले पारेको प्रभावका बिषयमा सरोकारवालासँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले आक्रोश ब्यक्त गरेका हुन ।
२०७५ साल पौष ४ गते सम्झौता गरी माघ २४ गते देखि शुरु गरीएको आयोजना तिन बर्ष ६ महिना भित्रमा सम्पन्न गर्नु थियो तर २÷२ पटक सम्म म्याद थप गर्दा समेत आयोजना नसकिने निश्चित जस्तै देखिन्छ ।
म्याद सकिएकै आधारलाई हेर्दा पनि २०८० असार मसान्त सम्म आयोजना सक्नु पर्छ तर निमार्णको कार्य बल्ल ४८ दशमलब ५० प्रतिशत मात्र भएको छ ।
निमार्ण कार्य गर्दा अपनाउनु पर्ने सावधानी नअपनाएको देखिएपछि पटक पटक पत्र काट्दा पनि अटेर गरेको नारायणगढ–बुटवल सडक खण्डका रेसीडेन्ट इन्जीनियर शशी श्रेष्ठलेले बताउनु भएको छ ।
राष्ट्रिय गौरवको आयोजना अन्तरगत नारायणगढ –बुटवल सडक खण्ड १ सय १३ किलोमिटर चार लेनमा विस्तार गर्ने सम्झौता भएको थियो ।
निर्माण कार्यको जिम्मा लिएको चाईना स्टेट कम्पनीका कन्ट्याक सहायक म्यानेजर विनित कोईरालाले काम गर्ने सवालमा केहि कम्जोरी रहेको बताउदै आफुले आएका समास्या सम्वन्धित निकाएमा पुयाउने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।
बर्दघाट नगर उप प्रमुख रुद्रप्रकाश उपाध्ययाले सडक निमार्ण कार्यढिला हुदा स्थानियवासीहरुले निक्कै सास्ती खेप्नुपरेको बताउनु भयो ।
उहाँले नगरले आयोजनालाई उपलब्ध गराउनु पर्ने नदीजन्य वस्तु उपलब्ध गराउन सक्ने जती उपलब्ध गराउन नगरपालिका तयार रहेको प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।
सरोकारवालाहरु सहभागि रहेको कार्यक्रममा बोल्दै निमित्य प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले नारायणगढ–बुटवल सडक खण्डको निमार्णकार्यका लागि आवश्य पर्ने नदीजन्य वस्तुको सहजताका लागि पहल गर्ने देखि लिएर अनुगमनका साथै गुणस्तरका सवालमा आवश्यक कार्वाहीगर्ने उल्लेख गनुभयो ।
बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले निमार्ण कम्पनीसधैं विभिन्न वहाना वनाएर पञ्छिने गरेको आरोप लगाउदै निमार्णमा ढिलासुस्ती गरेमा ब्यवसायिहरुले जस्तो सुकै कदम चाल्न पनि बाध्यहुने चेतावनी दिनुभयो ।


कार्यक्रममा आफ्ना धारण ब्यक्त गर्दै बर्दघाट खानेपानीका अध्यक्ष दिपक लम्सालले सडक निमार्णको क्रममा आयेजना कम्पनीसंग राम्रो समन्वय भै समयमा नै खानेपानीका पाईपलाईनको विस्तार ब्यवस्थापन गर्न सफल भएके बताउनु भयो ।
बर्दघाट बजार विकास समितका अध्यक्ष तारा गौतम र पञ्चनगर बजार विकासका अध्यक्ष रामजी चापागाई अध्यक्षद्धयले निमार्ण कार्य ढिलो भएको मा एकले अर्काेलाई दोसारोपण गर्नु भन्दा सम्वन्धित निकाय आफैले आफ्नो जिम्मेवारी निर्वाह गर्नु पर्नेमा जोड दिनु भयो ।
त्यसैगरी संसारकोट हरियाली सामुदायिक वनका अध्यक्ष कमल पराजुली र पारीजात सामुदायिक वनका अध्यक्ष कमानसिंह थापाले निमार्ण कम्पनीसले सामुदायिक वनसंग सहकार्यनै नगरी काम गरीरहेको बताउनु भयो । वनसंग एउटा सम्झौता गर्ने काम अर्कै गर्ने गरेको थापाले भन्नु भयो । सम्झौता अनुरुप काम नभएपछि हामीले काम रोक्न बाध्य भएको थापाको भनाई छ ।
नेपाल विद्युत प्राधिकरण बर्दघाट वितरण केन्द्रका गजेन्द्र चौधरीले आयोजनाले गर्नु पर्ने विद्युती करणका काम समयमा नै नगर्दा त्यसको अपजस विद्युतलाई आएको बताउदै बिद्युतको काम भनेको लाई काट्ने र लाईन दिने काम मात्र हो बाँकी जिम्मा सडक डिभिजन कार्यालयको रहेको बताउनु भयो ।

नेपाल टेलिकम बर्दघाट शाखाका बाबुराम आर्चायले सडक निमार्णको काममा टेलिकमका कारण कुनै अवरोध नभएको दावि गर्नु भयो ।
बर्दघाट नगरपालिका वडा नं.४ का वडाध्यक्ष वेदविना तिवारीले नागरीकले पनि सम्वन्धित निकायलाई झकझकाउनु पर्ने बताउदै नगरपालिका र मातहतका निकायवाट आवश्यक समन्वय भैरहेको जिकिर गर्नु भयो ।
उपभोक्ता हित संरक्षण मञ्च बर्दघाट नगर समितिका अध्यक्ष हुमनाथ आचार्यले सडकका खाल्टाखुल्टीका कारण शिक्षकको निधन भएको दुखद स्मरणगर्दै,प्रदुषणका कारण मानव स्वास्थ्मा गम्भीर असर परेको बताउनु भयो ।
कार्यक्रममा सहभागि बर्दघाट नगरका स्थानियवासी तथा बयापारीहरुले अब्यवस्थीत बिजुलीका पोलको ब्यवस्थापन,सडक निमार्णका क्रममा भएका खाल्टा खुल्टी,रुख कटान,नेट तथा केवुलका तारहरुको ब्यवस्थापन,हिलो,धुलो आदिका समस्या देखि निरन्तर खवरदारी गर्ने सम्मका विषयहरु उठान भएको थियो ।

Leave A Reply

Your email address will not be published.