Jilla Ban Notis

बर्दघाट–१६ केरावारीमा सुनचांदी ब्यवसायी माथी गोली प्रहार

0 273

कृष्ण ढकाल
बर्दघाट,माघ–२०

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १६ केरावारीमा अहिले राती आठ बजे अज्ञात समुहले सुनचांदी ब्यवसायी माथी गोली प्रहारगरेको छ। बर्दघाट निवासी अन्दाजी ६५ बर्षका गजेन्द्र विश्वकर्मालाई अज्ञात समुहले गोली प्रहर गरेको हाे ।

गोली लागेर घाईते भएका विश्वकर्माको अहिले भैरहवा मेडीकल कलेजमा उपचारका लागि लगिएको सुनचाँदी ब्यवसायी संघ नवलपरासीका सल्लाहकार राजेन्द्र सुनारले जानकारी गराउनु भएको छ।

सुनचाँदी व्यवसायी गजेन्द्र बिश्वकर्मा आफ्नो सुस्ता गाउँपालिका वार्ड न १ बरुवामा रहेको सुनचाँदी पसल बन्द गरेर घर फर्किने क्रममा बर्दघाट नगरपालिका वार्ड न १६ स्थित केराबारी गाउको नजिक पुलमा अज्ञात ब्यक्तिको गोलि प्रहारबाट घाइते भइ उपचारको लागि चिसापानी अस्पतालमा पठाएको र घाइते सुनचाँदी व्यवसायी बिश्वकर्माको श्वासप्रश्वासमा समस्या देखिएपछि चिसापानी अस्पतालले रुपन्देही स्थित बुटवलको तिनाउ अस्पतालमा रेफर गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.