Jilla Ban Notis

एमाले उपध्यक्ष एवं पुर्व अर्थ मन्त्री बिष्णु पौडेलद्धारा शित भण्डारको अवलोकन

0 39

 

कृष्ण ढकाल
बर्दघाट,माघ–१९

नवलपरासीको सुनवल नगरपालिका वडा नं. २ ,मुखिया टोलमा निर्माण सम्पन्न गरिएको शित भण्डारको ने .क .पा.एमाले केन्द्रीय कमिटी उपध्यक्ष एवम पुर्व अर्थ मन्त्री बिष्णु प्रसाद पौडेलले अवलोकन गर्नु भएको छ ।

आफु अर्थमन्त्री रहेका बेलामा सरकारको तर्फवाट सुनवलमा शित भण्डार निर्माणका लागि बिनियोजन गरेको बजेटवाट शुरु गरिएको शित भण्डारको अवस्था बुझनका लागि पौडेलले शितभण्डारको अवलोकन गर्नु भएको सुनवल नगरपालिका वडा नं. २का वडाध्यक्ष राजेन्द्र यादवले बताउनु भएको छ ।

३ हजार मेट्रिक टन क्षमता रहेको उक्त शित भण्डार निर्माण कार्य सम्पन्न गर्न २५ करोड लागत स्टिमेट तयार गरीएको थियो । तर शित भण्डार निमार्णका लागि २० करोड ९८ लाखमा टेन्डर स्विकृत भएको थियो ।

विक्याट विल्र्डस काठमाण्डौं ले १८ महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी २०७६ साल मंसिरमा सम्झौता गरे पनि कोरोनाका कारण ४ बर्ष पछि मात्र उक्त शित भण्डार निर्माण कार्य सम्पन्न भएको हो।

नेपाल सरकारको सहकारी विभाग मार्फत अर्थ मन्त्रालयले स्थानिय पालिकास“ग समन्वय गरी निमार्ण सम्पन्न गर्नेगरी २०७४ साल पौष १४ गते जिल्ला सहकारी संघ पश्चिम नवलपरासीलाई शित भण्डार निमार्णको अनुमति दिएको थियो ।

शित भण्डार निमार्णका लागि नेपाल सरकारको ६० प्रतिशत,पालिकाहरुको २० प्रतिशत र सहकारी संघ–संस्थाहरुको २० प्रतिशत लागत रहने गरी शित भण्डार निमार्णको अनुमति स्विकृत भएको थियो ।

नेपाल सरकारबाट १२ करोड ५९ लाख अर्थात ६० प्रतिशत अनुदान रकम ,सुनवल नगरपालिकाबाट १ करोड ५० लाख,रामग्राम नगरपालिकाबाट १ करोड, बर्दघाट नगरपालिकावाट २५ लाख ,सरावल गाउ“पालिकाबाट ४ लाख ५० हजार र ८५ वटा सहकारीहरुवाट ३ करोड ३० लाख रुपैया संकलन भएको जिल्ला सहकारी संघ पश्चिम नवलपरासीका अध्यक्ष बिष्णुप्रसाद पौडेलले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.