Sarawal sit lahar Notis

‘स्पेलिङ्ग बी’ प्रतियोगितामा सुनवल लोटस प्रथम

0 50

कृष्ण ढकाल
बर्दघाट, माघ –१९
शैक्षिक ऐक्यबद्धताको समूह नेपाल (जिसन )नवलपरासीद्धारा आयोजित आधारभुत तहको ‘स्पेलिङ बी’ (हिज्जे लेखन ) प्रतियोगितामा सुनवल लोटस सेकेण्डरी स्कुल प्रथम भएको छ । त्यसैगरी अन्नपुर्ण इंग्लीस सेकेण्डरी स्कुल सुनवल ७ दास्रो र विद्या सागर सेकेण्डरी स्कुल सुनवल १२ तृतिय स्थान हासिल गर्न सफल भएको छ भने सुनवलकै सुनवल युनाइटेड सेकेण्डरी स्कुलले सान्तवना स्थान हासिल गर्न सफल भएको छ ।

जिसनमा आवद्ध रहेका २४ वटा संस्थागत विद्यालयहरुले उक्त प्रतियोगितामा सहभागीता जनाएका थिए । आधारभुत तहको ‘स्पेलिङ बी’ (हिज्जे लेखन ) प्रतियोगितामा प्रथम द्धितिय,तृतिय र सान्तवना हुने बिद्यालयहरुलाई सिल र प्रमाण पत्र प्रदान गरीएको थियो भने सहभागि बिद्यार्थीहरुलाई मायाको चिनो र प्रमाण पत्र प्रदान गरीएको प्रतियोगिता संयोजक तोलाकान्त रेग्मीले जानकारी दिनु भएको छ ।

शैक्षिक ऐक्यबद्धताको समूह नेपाल (जिसन ) को वार्षीक शैक्षिक कार्ययोजना अनुसारको यो वर्षकै अन्तीम अर्थात १२ औं कार्यक्रमका रुपमा आधारभुत तहको ‘स्पेलिङ बी’(हिज्जे लेखन ) प्रतियोगिता रहेको जिसनका अध्यक्ष डम्वर बहादुर गुरुङ्गले बताउनु भएको छ ।

जिसनका अध्यक्ष डम्वर बहादुर गुरुङ्गको अध्यक्षता र सल्लाहकार ईन्द्र गुरुङ्गको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा प्याप्सनका प्रदेश सचिव धनराज चापागाई,जिसनका सल्लाहकार सन्तोष रौनियार ,बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल लगाएतको उपस्थिती रहेको थियो ।

बर्दघाटको लण्डन वृज पार्टी प्यालेसमा आयोजना गरीएको कार्यक्रमको सञ्चालन जिसनका सचिव यज्ञ प्रसाद न्यौपानेले गर्नु भएको थियो । भने प्रतियोगिताको सञ्चाालन मेघराज अधिकारीले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.