Jilla Ban Notis

नवलपरासीमा सबै भन्दा धेरै बर्दघाट नगरपालिकाको अख्तियारमा उजुरी

0 125

गौरीशंकर जयसवाल
परासी १९ माघ
पश्चिम नवलपरासीमा सबै भन्दा धेरै बर्दघाट नगरपालिकाको अख्तियारमा उजुरी परेको छ । बर्दघाट नगरपालिकाको काम कावाहीको बिषय लिएर सबै भन्दा बर्दघाट नगरपालिकाको उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवालले जनाएको छ ।
जिल्लामा सात वटा स्थानिय तह मध्ये सबैभन्दा बर्दघाट नगरपालिका बिरुद्ध २९ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका शाखा अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयाे ।
जसमा ९ वटा उजुरी फछ्र्यौट भएका छन भने २० वटा फछ्र्यौट हुन बाँकी रहेको भण्डारीले बताउनु भयाे ।जिल्लाको सुस्ता गाउँपालिकामा सबैभन्दा कम सुस्ता गाउँपालिकामा २ वटा उजुरी परेको जसमा १ फछ्र्यौट भएको छ भने १ वटा उजुरी फछ्र्यौट हुन बाँकी रहेको छ ।
सरावल गाउँपालिकाको २७ उजुरी मध्ये ६ उजुरी फछ्र्यौट,भएको छ भने २१ वटा फछयौट हुन बाँकी छ ।त्यस्तै पाल्हिनन्दन गाउँपालिकाको १२ वटा उजुरी मध्ये ५ उजुरी फछ्र्यौट, ७ वटा फछयौट हुन बाँकी रहेको सुनवल नगरपालिकाको १८ उजुरी मध्ये ९ वटाको फछ्र्यौट, ९ वटा फछयौट हुन बाँकी रहेको र रामग्राम नगरपालिकाको १० वटा उजुरी मध्ये ५ वटाको फछ्र्यौट भएको ५वटा फछयौट हुन बाँकी रहेको अख्तियारका बुटवलका शाखा भण्डारीले जानकारी दिनुभयाे ।
यस्तै प्रतापपुर गाउँपालिकाको ७ वटा उजुरी मध्ये २ वटा उजुरी फछ्र्यौट भएको ५ वटा फछयौट हुन बाँकी रहेको अख्तियारले जानएको छ ।
पश्चिम नवलपरासी जिल्लमा यस आर्थिक बर्षमा२०८०।०८१मा सात वटा स्थानिय तह बिरुद्ध एक सय पाँच वटा अख्तियार कार्यालयमा उजुरी परेको अख्तियारका बुटवलका शाखा भण्डारीले जानकारी दिनुभयाे । उहाँको अनुसार जसमा ३७ वटा उजुरी फछयौट भएको छ भने ६८वटा उजुरी फछयौट हुन बाँकी रहेको बताए । उजुरी प्राकृति हेर्दा लेनदेन ,बिद्यलायमा दिवाखाजा,कर्मचारी भर्ना,उपभोक्ता समिति,कामको गुणस्तर लगायतका प्रकृतिका उजुरीहरू पर्ने गरेको बताउनु भयाे ।
प्रतापपुरमा भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल , जिल्ला प्रशासन कार्यालय तथा भ्रष्टाचार बिरूद्व नागरिक निगरानी संस्था नवलपरासीकोे आयोजनमा गरेको सार्वजनिक निकायबाट प्राप्त हुने सेवा ,सुविधा पारदर्शिता र जवाफदेहिता बिषयक सार्वजनिक बहस कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जानकारी दिईएको थियो ।

Leave A Reply

Your email address will not be published.