Bardaghat Na pa

नापी कार्यालय, नवलपरासीका अमिन ढकाल विरुद्ध भ्रष्टाचार मुद्दा

67

माघ १८
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का अमिन गोविन्द ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

जग्गा नापजाँच गरी लालपूर्जा दिलाउने प्रयोजनको लागि सेवाग्राहीसँग ४ हजार घुस लिएको आरोपमा ढकाललाई पक्राउ गरिएको हो । घुस लिएको पुष्टि हुन आएकाले अमिन ढकालविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार गत पुस ११ गते ढकाललाई सेवाग्राहीबाट ४ हजार घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो । ढकाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुरमा बिगो ४ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय समेत हुन मागदाबी गरि आरोप पत्र दायर भएको अख्तियारले जनाएको छ।