Jilla Ban Notis

राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु नवलपरासीले ध्यानाकर्षण पत्र बुझायो ।

0 69

कृष्ण ढकाल
बर्दघाट,माघ १८

गौतम बुद्धको अस्तिधातु रहेको रामग्राम स्तुप क्षेत्रको उत्थान,संरक्षण तथा सम्वद्धनका लागि भन्दै निजि कम्पनीलाई लिजमा दिने निर्णय का विरुद्ध राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु नवलपरासीले साहायक प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

नेकपा एमालेको भात्रृसंगठन राष्ट्रिय युवा संघ नेपाल ,नवलपरासीका अध्यक्ष धनप्रसाद भट्टराई र अनेरास्ववियु नवलपरासीका अध्यक्ष निरज खड्काले संयुक्त रुपमा हस्ताक्षर गरेर ध्यानाकर्षण पत्र बुझाएको हो ।

धार्मिक महत्व बोकेको गौतम वुद्धसंग सम्वन्धित रामग्राम स्तुपाक्ष्ँेत्र निजि कम्पनीलाई जिम्मा दिने भनि राष्ट्यि मिडियामा आएका समाचारहरु प्रति सरकारले तत्काल आफ्नो भारण सार्वजनीक गर्नका लागि समेत ध्यानाकर्षण पत्र मार्फत माग गरेको छ ।

यस प्रकारका गतिविधिहरुले स्वयम सरकार नै माफियाहरुको पक्षमा रहेको र भ्रष्टाचार र अनियमिततालाई प्रसयदिनमा संलग्न भएको प्रस्ट हुने भन्दै तत्काल यस प्रकारको पदको दुरुपयोग गरी गरीएका निर्णयहरु वदर गर्ने र नितिगत रुपमा प्रतिष्प्रर्धामा अगाडी बढाउन विज्ञप्ती मार्फत माग गरेका छन । अन्यथा कडा आन्दोलनमा जाने विज्ञप्ती मार्फत चेतावनी समेत दिएका छन ।

Leave A Reply

Your email address will not be published.