Jilla Ban Notis

बर्दघाट नगर स्तरिय चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

सुशासनका लागि गठबन्धन सरकार कटिबद्ध भएर अगाडी बढेको छ ः मन्त्री गुरुङ

0 98

कृष्ण ढकाल
बर्दघाट,माघ १७,
बर्दघाट नगर स्तरिय अन्तर विद्यालय चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले समुद्घाटन गर्नु भएको छ ।

बर्दघाट नगरपालिकाको आयोजना र न्यु लाइफ मा.वि.को सञ्चालनमा क्याम्पा चौर खेल मैदानमा भएको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कानुन मन्त्री गुरुङले खेलमा सहभागी सबैलाई सफलताको सुभकामना व्यक्त ब्यक्त गर्नु भएको थियो । मन्त्री गुरुङले असफलता नै सफलताको पहिलो विन्दु हुने भएकाले खेलाडीहरुले त्यसका लागि आगामी दिनमा अझै मेहनत गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

फरक प्रसंगमा मन्त्री गुरुङले वर्तमान गठबन्धन सरकार भ्रष्टाचारीलाई कारवाही गर्नुपर्छ भनेर अगाडि बढिरहेको बताउनु भएको थियो । सुशासनका लागि गठबन्धन सरकार कटिबद्ध भएर अगाडी बढेको बताउँदै विगत दशौँ वर्षदेखि मानव तस्करी भईरहेको र ती तस्करीहरुलाई समेत कानुनी दायरामा ल्याएको उहाँले बताउनुभयो ।

ठुला ठुला भ्रष्टाचार काण्डहरु खोल्दै जाँदा ठूला माछा समात्न कठिन भएको मन्त्री गुरुङको भनाई छ । भ्रष्टाचारीको कुनै जात, धर्म, लिङ्ग र राष्ट्रियता नहुने भन्दै ठूला माछा समाउन सबै एक ठाउँ उभिन जरुरी रहेको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विश्वप्रेम पाठकले खेल पनि पढाई भएको बताउँदै खेलका नियमहरु अनुसार खेल खेल्दा सिकाई राम्रो हुने बताउनुभयो । खेलकुदलाई राजनिति प्रति व्यंग्य गर्दै उहाँले संघिय सरकारको खेलले प्रदेशलाई अधिकार नदिएको बताउनुभयो । संघिय सरकारले प्रदेशलाई बलियो बनाउनका लागि कानुन तहः केही अधिकारहरु दिनुपर्ने उहाँको भनाई रहेको थियो ।

कार्यक्रममा बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले खेलकुदको क्षेत्रमा बर्दघाटले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सहभागीता जनाईरहेको बताउँदै आगामी दिनमा नगरले खेल क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।

बर्दघाट नगर स्तरिय अन्तर विद्यालय चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समु्द्घाटन कार्यक्रममा बर्दघाट नगर उप–प्रमुख रुद्रपकाश उपाध्याय, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रितमान कामु मगर लगाएतले बोल्दै बर्दघाट नगरपालिका खेल क्षेत्रका लागि उर्जावान क्षेत्र रहेको बताएका थिए।

तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा बर्दघाट नगर भित्रका सामुदायिक र संस्थागत गरी २४ वटा विद्यालयको सहभागीता रहेको छ । समुद्घाटन कार्यक्रममा बर्दघाट नगरपालिकाका २४ वटा विद्यालयका करिब १ हजार १ सय विद्यार्थीहरुले मार्च पास गरेका थिए ।
आज बुधबार छात्रछात्राहरुको लङजम्प, ठेलो फाल्ने ९सट पुट०, १५ सय मिटर दौड, रिले दौड, लगायतका खेलहरु सम्पन्न भएको कार्यक्रमका अफिसियल विनोद ज्ञवालीले जानकारी दिनुभयो । कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक झलक सहित खानाका विभिन्न परिकारहरु बनाई खाना महोत्सव प्रर्दशन गरेका थिए ।

कार्यक्रममा न्यु लाइफ मा।वि। का पुर्व विद्यार्थी राज अधिकारीलाई संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको २०२३ ‘इयर अफ मिलेट्स’ फोटो प्रतियोगितामा विश्वकै द्धितिय स्थान हासिल गरेकोको सम्मान गरिएको थियो ।

बर्दघाट नगरपालिका शिक्षा शाखा प्रमुख लोकराज पन्थीको स्वागत रहेको कार्यक्रमको सञ्चालन न्यु लाइफ मा।वि।का प्रिन्सीपल सन्तोष अधिकारीले गर्नुभएको थियो ।

 

 

Leave A Reply

Your email address will not be published.