Jilla Ban Notis

नवलपरासी जिल्लाका ५४ वटा खानेपानीका आयोजनाहरु प्रभावित

0 57

कृष्ण ढकाल
बर्दघाट,माघ ३
नवलपरासीबाट खानेपानी डिभिजन कार्यालय रुपन्देही गएपछि नवलपरासी जिल्लाका ५४ वटा खानेपानीका आयोजनाहरु प्रभावित भएको खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नवलपरासीले जनाएको छ ।

चार वर्ष अघि नवलपरासीको सदरमुकामबाट बुटवलको योगिकुटीमा कार्यालय मर्चगरेसंगै नवलपरासीका खानेपानी आयोजनाहरु प्रभावित भएको र खानेपानी संस्थाहरुलाई कर लगाएको भन्दै खानेपानी तथा सरसफाई उपभोक्ता महासंघले जिल्ला प्रशासन मार्फत प्रद्यानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने निर्णय समेत गरेको छ ।

महासंघ नवलपरासीका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता र प्रदेश अध्यक्ष थान प्रसाद गैरेको प्रमुख आतिथ्यतामा आज बर्दघाटमा भएको बैठकले उक्त निर्णय गरेको अध्यक्ष श्रेष्ठले बताउनु भएको छ ।

नवलपरासीबाट खानेपानी डिभिजन कार्यालय रुपन्देही गएकै कारण पाल्हिनन्दनमा ६ वटा,रामग्राममा १४ वटा,सरावलमा १३ वटा,सुस्तामा ५ वटा,प्रतापपुरमा १० वटा ,सुनवलमा २ वटा र बर्दघाटमा २ वटा खानेपानी संस्थाका आयोजनाहरु प्रभावित भएको खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका प्रदेश अध्यक्ष थान प्रसाद गैरेले बताउनु भएको छ ।

२०७२ साल देखि शुरु भएका खानेपानी आयोजनाहरु अहिले कुनै कछुवा गतिमा निर्माणाधिन अवस्थामा छन भने कतिपय जिर्ण अवस्थामा रहेका छन । सरकारको ३ करोड बढी रकम लगानी गरेर सबै संरचनाहरु तयार भएपनि पाईप लाईन मात्र विस्तार गर्न नसक्दा कतिपय आयोजना अलपत्र परेको प्रदेश अध्यक्ष गैरेले बताउनु भएको छ ।

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सभाहलमा बसेको बैठकले खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नवलपरासीको अधिवेशन यहि माघ २७ गते गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी खानेपानी संस्थाहरुको आयकर छुटका लागि सम्वन्धित निकायमा पहल गर्ने तथा ज्ञापन पत्र बुझाउने र माघ १९ गते सम्म खानेपानी संस्थाहरुलाई सदस्यता वितरण तथा नविकरण गर्ने निर्णय गरीएको महासंघ नवलपरासीका अध्यक्ष राजकुमार श्रेष्ठले बताउनु भएको छ ।

नवलपरासी जिल्लामा अहिले ८४ वटा खानेपानी संस्थाहरु रहेको र २८ वटा खानेपानी संस्थाहरुले मात्र खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नवलपरासीमा सदस्यता लिईएको महासंघ नवलपरासकिा सचिब देविदत्त सापकोटाले बताउनु भएको छ । जिल्लामा अहिले ३० वटा खानेपानी संस्थाहरुमात्र पूर्णरुपमा सञ्चालनमा रहेको सचिव सापकोटाले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.