Jilla Ban Notis

स्थापना दिवसमा आठ जना शेयर सदस्यलाई सहुलियत ऋण प्रदान ।

0 70

आरती राना

बर्दघाट,माघ २

हाम्रो सुपर साकोस बर्दघाट २ चिसापानीले आफ्नो १३ औ स्थापना दिवसको अवसरमा संस्थाका ८ जना शेयर सदस्यहरुलाई सहुलियत ऋण प्रदान गरेको छ ।

स्थापना दिवस कार्यक्रममा ब्यवसायिक कृषि पेशा गरेका ८ जना शेयर सदस्यहरुलाई संस्थाले तोकेको मापदण्ड अनुसार सहुलिएत दरमा ऋण प्रदान गरीएको संस्थाका अध्यक्ष खेमराज सुवेदीले बताउनु भएको छ ।

त्यसैगरी सोही अवसरमा संस्थाका शाखा समिति सदस्य ईन्द्र जित चौधरी बर्दघाट उद्योग वाणीज्य संघमा कोषाध्यक्ष पदमा निर्वातीच हुनु भएको र सल्लाहकार डिलकुमारी कुवंर जिल्ला वचत तथा ऋण सहकारी संघको सदस्यमा मनोनित भएकोमा दुबैलाई संस्थाले सम्मान गरेको थियो। संस्थाका अध्यक्ष खेमराज सुवेदीको अध्यक्षता र निर्वतमान अध्यक्ष माया पौडेलको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव विष्णु बहादुर वरालले गर्नु भएको थियो ।

संस्थाको १३औ स्थापना दिवस मनाउने कार्यक्रममा संचालक समिति , लेखा समिति ,सल्लाहकार तथा बिभिन्न उपसमितिका संयोजक एवं सदस्य र कर्मचारीहरुको उपस्थिती रहेको संस्थाका ब्इवस्थापक विष्णु बहादुर वस्नेतले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.