Sarawal sit lahar Notis

स्वर्ण जयन्तीमा ब्यक्तिगत रुपमा सबै भन्दाबढी आर्थिक सहयोग गर्नेमा लक्ष्मण विश्वा

0 929

कृष्ण ढकाल
बर्दघाट,पौष २४
बर्दघाट नगरपालिका वडा नं. ९ भुताहामा रहेको राजा महात्मा पूर्णभद्र माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोह सम्पन्न गर्नका लागि ब्यक्तिगत रुपमा सबै भन्दाबढी आर्थिक सहयोग गर्नेमा लक्ष्मण विश्वकर्मा(विश्वा) हुनु भएको छ।

बिद्यालयका पूर्व विद्यार्थी तथा समाजसेवी लक्ष्मण विश्वाकर्मा(विश्वा) ले स्वर्ण जयन्ती समारोहमा ८ लाख १ हजार रुपैया आर्थिक सहयोग गर्नु भएको छ ।

गत पौष १५ गतेदेखि शुरु गरी २१ गतेसम्म विभिन्न कार्यक्रमका साथ सम्पन्न गरीएको स्वर्ण जयन्ती समारोहमा ब्यक्तिगत रुपमा सबै भन्दाबढी आर्थिक सहयोग गर्नेमा बिद्यालयका पूर्व विद्यार्थी तथा समाजसेवी लक्ष्मण विश्वकर्मा(विश्वा) रहेको आर्थिक संकलन उप समितिका संयोजक बालिन्द्र विक्रम शाहीले बताउनु भएको छ ।

शाहीका अनुसार स्वर्ण जयन्तीका अवसरमा करिव १० लाख बराबरको अक्षकोष र ५३ लाख जती स्वर्ण जयन्ती समारोहका लागि गरी करिव ६३ लाख रकम संकलन भएको छ ।

५० लाख खर्च अनुमान गरी आर्थिक संकलनमा लागेको आयोजकले सबै भन्दा बढी ब्यक्तिगत आर्थिक सहयोग बर्दघाट नगरपालिका वडा नं.९ निवासी गिरिप्रसाद विश्वकर्मा तथा आमा कृष्ण कुमारी विश्वकर्माका कान्छो छोरा लक्ष्मण विश्वकर्मा(विश्वा) बाट भएको बताएको छ ।

हाल काठमाण्डौंमा रहेर ब्यवसाय सञ्चालन गर्दै आउनु भएका लक्ष्मण विश्वकर्मा(विश्वा)ले यसअघि पनि आफुले बर्दघाट २ चिसापानीको दिब्य ज्योती बहुमुखि क्याम्पसमा २ लाख ५५ हजार ५ सय ५५, पञ्चनगरको दुर्गा मन्दिरमा २ लाख ५० हजार,वडा नं. १० को दुर्गा मन्दिरमा ३ लाख ५५ हजार रुपैया आर्थिक सहयोग गरेको बताउनु भएको छ ।

राजा महात्मा पूर्णभद्र माबिको स्वर्ण जयन्तीका लागि बिद्यालयका पूर्व विद्यार्थीहरुबाट मात्र १५ लाख बढी सहयोग उपलब्ध भएको छ भने बर्दघाट नगरपालिकावाट १० लाख, बर्दघाट वडा नं. ९ वाट २ लाख ५० हजार,१० वाट २ लाख,८ र ११ वाट एक एक लाख तथा सरावल गाउपालिका वाट ५० हजार र अन्य स्थानिय संघ संस्थाहरुबाट समेत आर्थिक सहयोग उपलब्ध गराउने आश्वासन प्राप्त भएको स्वर्ण जयन्ती मुल समारोह समितिका संयोजक बिक्रम खनालले बताउनु भएको छ ।
त्यसैगरी धन धान्यान्चल महायज्ञबाट उठ्न बाँकी रहेकोमध्ये ४ लाख ५५ हजार, विद्यालयका शिक्षकहरूबाट ४ लाख २५ हजार संकलन भएको खनालले बताउनु भयो ।

२०२७ सालमा स्थापना भएको विद्यालयले तीन वर्षअघि स्वर्ण जयन्ती मनाउनु पर्ने भएपनि विभिन्न कारणले गर्दा स्वर्ण जयन्ती मनाउन सकेको थिएन।

Leave A Reply

Your email address will not be published.