Jilla Ban Notis

भाषा साहित्य ,कला र संस्कृतिको संरक्षणमा बर्दघाट नगरपालिका एक कदम अगाडी

बर्दघाट प्रज्ञा दर्पणको लोकार्पण

0 73

कृष्ण ढकाल
बर्दघाट,पौष–५
भाषा साहित्य ,कला र संस्कृतिको संरक्षण गर्ने कार्यमा बर्दघाट नगरपालिका पश्चिम नवलपरासी जिल्लामा एक कदम अगाडी रहेको नवलपरासीका प्राज्ञिक ब्यीक्तत्वहरुले बताएका छन ।
पश्चिम नवलपरासीको बर्दघाट प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको बर्दघाट प्रज्ञा दर्पणको लोकार्पण कार्यक्रममा बोल्ने बक्ताहरुले उक्त कुरा बताएका हुन ।
बर्दघाट प्रज्ञा प्रतिष्ठानले नगरको मात्र नभर सिङ्गो जिल्लाको पहिचानलाई राष्ट्रिय स्तरसम्म परिचीत गराउन सफल भएको भन्दै आगामी दिनमा अझै सक्रियता बढाउन प्राज्ञ प्रतिष्ठानलाई आग्रह समेत गरेका थिए ।
बर्दघाट प्रज्ञा दर्पणको लोकार्पण गर्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरका प्राज्ञीक वर्गसंग सहकार्य गरेर नगरको विकासमा अघि बढ्ने प्रतिद्धता जाहेर गर्नु भएको थियो ।
बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा.घन श्याम न्यौपानेको अध्यक्षता र सदस्य सचिव बामदेव अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्याय ,नवलपरासी साहित्य परिषदका अध्यक्ष डा. श्यामप्रसाद न्यौपाने,प्याप्सन नवलपरासीका सल्लाहाकार ईन्द्र गुरुङ लगाएतले आ–आप्mनो भनाई राख्नु भएको थियो ।
लोकार्पण गरीएको बर्दघाट प्रज्ञा दर्पण १ सय ६७ पृष्ठको रहेको छ । जस्मा बिभिन्न विद्याका रचनाहरु सहित खोजमुलक लेख, कार्यक्रम तथा गोष्ठीहरुमा प्रस्तुत गरीएका कार्यपत्रहरु समावेस गरीएको छ ।

Leave A Reply

Your email address will not be published.