Jilla Ban Notis

लुम्बिनी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि बर्दघाटलाई

0 19

कृष्ण ढकाल
बर्दघाट,पौष–४
प्युठानमा भएको लुम्बिनी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि बर्दघाट नगरपालिकाले हात पारेको छ ।
यहि मंसिर १ गते देखि ३ गते सम्म सञ्चालन भएको प्रदेश स्तरीय प्रतियोगितामा बर्दघाट नगरपालिका प्रथम भएर सिल मेडल सहित नगद हातपार्न सफल भएको थियो ।

बसन्त ढकाल टिम म्यानेजर र मनोहर चौधरी टिम कोच रहेको उक्त भलिबल खेलाडीको टोलीमा बर्दघाट वडा नं. १ का कमल गहतराज चिरञ्जिबी खड्का,अर्जुन परियार आर्यमन चौधरी ,गाणेश चौधरी र लक्ष्मण रहेका थिए भने वडा नं. १२ वाट पुष्पराज चौधरी र अब्दुल कलाम जोलहा तथा वडा नं. १४ बाट अदालत थारुलाई पठाईएको बर्दघाट नगर खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले बताउनु भएको छ ।

प्युठान जिल्लाको नौबहिनी गाउँपालिका खेलकुद विकास समितिले आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा बर्दघाट नगरपालिका प्रथम भएको हो ।

यस अघि असोज महिनामा दाङ्गमा भएको तेस्रो सिटी कप खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि समेत बर्दघाट नगरपालिकाले हातपार्दै प्रथम पुरस्कार लिन सफल भएको बर्दघाट नगर खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले बताउनु जानकारी गराउनु भएको छ।

Leave A Reply

Your email address will not be published.