Jilla Ban Notis

बैंक तथा वितिय संस्थाले ऋण लगानी गर्दा सुझबुझका साथ लगानी गर्नुपर्छ ः भट्टराई

0 35

कृष्ण ढकाल
बर्दघाट,मंसीर– ३०
अहिले देशमा आर्थिक तरलता देखिएको हुदा बैंक तथा वितिय सस्थाले ऋण लगानी गर्दा सुझबुझका साथ लगानी गर्नुपर्ने साना किसान विकास लघुवित्त वित्तिय सस्था ईलाका कार्यालय बुटवलका प्रबन्धक गणेश प्रसाद भट्टराईले बताउनु भएको छ । साना किसान कृषि सहकारी संस्था माकर बर्दघाट–४ को २६ औँ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रबन्धक भट्टराईले उक्तकुरा बताउनु भएको हो ।
उहाँले ऋण लिने सेवाग्राहीले लिएको ऋणरकम उत्पादनशिल कार्यमा प्रयोग गरि वित्तीय कारोबार गरेमात्र कृषि सहकारीहरुलाई सहज हुने नत्र सहकारकिो लगानी नै संकटमा पर्ने धारणा राख्नु भएको थियो ।

संस्थाका अध्यक्ष चन्द्रबहादुर बुढाको अध्यक्षता र साना किसान विकास लघुवित्त वित्तिय सस्था ईलाका कार्यालय बुटवलका प्रबन्धक गणेश प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै विशेष अतिथि कृषी सहकारी संघ रुपन्देहीका अध्यक्ष टिका न्यौपानेले साना किसान कृषि सहकारीहरु आफ्ना शेयर सदस्यहरुको जिवन स्तर उठाउने काममा लाग्नु पर्ने बताउनु भएको थियो । दिब्यज्योती बहुमुखी क्याम्पस चिसापानीका प्राध्यापक बद्रिनाथ खनाल, दाउन्ने देवी मा.वी. विद्यालय ब्यवस्थापन समिति अध्यक्ष रमेश बस्याल लगाएतले मन्तवब्य राख्नु भएको थियो ।

कार्यक्रममा आफ्ना शेयर सदस्य मध्ये ६ जना जेष्ठ सेयर सदस्य, उत्कृष्ट ब्यवसायिक पशुपालक कृषक १ जना, समयमै ब्याज असुली गर्ने २ वटा अन्तर समुह २ वटा, उत्कृष्ट ब्यक्तिगत बचतकर्ता १ जना गरि १० जनालाई नगद सहित सम्मान पत्रले सम्मानित समेत गरिएको थियो । संस्थाका उपाध्यक्ष मधु रायमाझिको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन भने लेखा सहायक सुजन भुसालले गर्नुभएको थियो ।

२६ औँ बार्षिक साधारण सभामा संस्थाका अध्यक्ष चन्द्र बहादुरबुढाले सस्थाको आर्थिक बर्ष ०७९/०८० को प्रगति विवरण तथा आर्थिक बर्ष ०८०/०८१ को प्रस्तावित कार्यक्रम तथा नितिहरु प्रस्तु्त गर्नुभएको थियो ।
लेखा समितिको बार्षिक प्रतिबेदन लेखा समयोजक नारायण प्रसाद अधिकारीले प्रस्तुत गर्नुभएको थियो । त्यसैगरि कोष तथा लेखा परिक्षणको प्रतिबेदन सस्थाका लेखा सहायक सुजन भुसालले सस्थाको कुल ४३ करोड २६ लाख ८ हजार बराबरको आर्थिक आय ब्यय विवरण प्रस्तुत गर्नु भएके थियो ।
सस्थाले यस आर्थिक बर्षमा १ करोड ३७ लाख ९४ हजार शुद्ध नाफा गर्न सफल रहेको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियोमा उल्लेख गरीएको छ । संस्थाको सेवा क्ष्ँेत्र अहिले बर्दघाट नगरपालिकाको साविक माकर गाविसका ९ वटै वडा र प्रतापपुर गाउँ पालिका को १ र २ नं वडा रहेका छन । सस्थामा ५ सय ८२ पुरुष र १८ सय ६८ जना महिला गरि २४ सय ५० जना शेयरसदस्य तथा ३ सय ७० समुह बनाई ११ अन्तर समुह मार्फत सस्था अघि बढीरहेको संस्थाका प्रबन्धक लोकनाथ भण्डारीले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.