Jilla Ban Notis

विद्यालय परिसरमा फलफुलको बगैचा निर्माण गर्नेकार्य शुभारम्भ ।

0 119

कृष्ण ढकाल
बर्दघाट,मंसीर–३०
बर्दघाट नगरपालिका वडा नं ५ पाल्डाँडामा रहेको शान्ति निकुञ्ज माबिले विद्यालय परिसरमा फलफुलको बगैचा निर्माण गर्नेकार्य शुभारम्भ गरेको छ । शुक्रवार बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले फुलको बिरुवा रोपेर कार्यशुभारम्भ गर्नु भएको थियो ।
उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठले बिध्यालयले गर्ने रचनात्मक कार्यले बिद्यार्थीहरुको सिपमा समेत निखार आउने भएकाले फलफूलको बगैचा निर्माण गर्नेकार्य अत्यन्तै सराहनीय रहेको बताउनु भउको थियो । उहाँले आगामि दिनमा पनि बिध्यालयका यस्ता रचनात्मक कार्यक्रमलाइ सधै सहयोग गर्ने बताउनु भयो।

बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष अशोक बरालको अध्यक्षता र नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा एक कार्यक्रमगरी शुभारम्भ गरीएको बिरुवा रोप्ने कार्यमा नगर उपप्रमुख रुद्रप्रकाश उपाध्याय ,वडा अध्यक्ष बिमला गुरुङ ,वडा सदस्य शोभाकान्त लामिछाने ,शिक्षक अभिभावक संघ अध्यक्ष अर्जुन मरासिनि ,बिध्यालय ब्य्वस्थापन समिति सदस्य नारायण पराजुलि ,अङ्ग्रेजी बिभाग उपसमिति संजक हरि कंडेल ,शिक्षक शिक्षिका तथाविद्यार्थीहरुको सहभागिता रहेको थियो ।

बिद्यार्थीहरुलाई जिबनोपयोगि शिक्षाद्वारा जागृतगर्दै सामाजिक उत्तरदायित्व बोध गराउने प्रयास स्वारुप शान्ति निकुञ्ज मा.बि.ले फलफूलकोबगैचा निर्माणको फिल्ड अभ्यास गराएको थियो । कक्षा ११ र १२ का विद्यार्थीहरुलाई अभ्यास गराउदै गर्दा फुलको बगैचा निर्माण हुने गरी गरीएको उक्त कार्यमा एभाकाडो,रुद्राक्ष ,अमला,लिचि,आप,सलिफा,कटहर,चिकु लगायतका फलफुलका बिरुवा रोप्ने कार्य सम्पन्न गरीएको छ। बिरुवाहरु नगरपालिकाले उपलब्ध गराएको हो।

राज्यको हरित बिधालय को अवधारणालार्इ आत्मसातगर्दै आउदो पुस्तालाइृ बाताबरणिय संरक्षण र सामाजिक उत्तरदायित्व प्रति जिम्मेवार बनाउने उद्देश्यले विद्यालयहातामा फलफुलका विरुवाहरु रोप्ने कार्यको आयोजना गरिएको प्रधानाध्यापक बिनोद खनालले बताउनु भयो।

कार्यक्रमका अध्यक्ष असोक बरालले कक्षा ११ र १२ का विद्यार्थीहरुको सक्रियता र बिशेश संरक्षण हुने यस बगैचा निर्माण कार्य अन्य विद्यार्थी हरुका लागि पनि अनुकरणीय रहने बताउनुभयो। कार्यक्रमको सन्चालन कक्षा ११ र १२ का इन्चार्ज शिबप्रसाद शर्माले गर्नु भएको थियो।

Leave A Reply

Your email address will not be published.